‘सरकार असफल भए हामी पनि सिद्धिन्छौं’

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सांसदले भने, सरकार असफल भए हामी पनि सिद्धिन्छौं ।

ओलीले सरकारले ल्याएको विधेयकको बचाउ गरेका थिए । सरकारमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बताएका थिए । पार्टी एकता चाँडै टुंगिने भन्दै सबै एक भएर जानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सोमबार २९ जना सांसदले सरकारको कामकारबाहीको टिपप्णी गर्नुका साथै सुझाव दिएका थिए । अधिकांश सांसदले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । पार्टीमा गम्भीर छलफल नगरी सरकार अगाडि बढ्न खोजेको भन्दै सांसद घनश्याम भुषाले चर्को आलोचना गरेका थिए । उनले बैठकको औचित्यमाथि प्रश्न गरेका थिए ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार