प्राविधिक नखटिइ बनाइएका घरलाई यसरी एकमुष्ट तीन लाख

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुस्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।

निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुतगतिमा यसप्रकारका घरहरुलाई अनुदान उपलब्ध गराउन कार्यकारी समितिले सो कार्यविधि पारित गरेको जनाइएको छ ।

पारित कार्यविधिअनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनःनिर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।

हालसम्म चार लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेको र चार लाख २३ हजार घर पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

दुई लाख ११ हजार घर पुनःनिर्माणकाक्रममा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार