थाहै नपाइ सुरेन्द्रको लिङ्ग परिवर्तन, यस्तो छ कहानी

काठमाण्डौ । रोजगारी गर्न भारत गएका एक युवक ३ वर्षपछि घर फर्के तर लिङ्ग परिवर्तन भएर । कक्षा १२ को परीक्षा दिएर आफ्ना वुवासँग रोजगारी गर्न भारत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २४ वर्षिय सुरेन्द्र माल लिङ्ग परिवर्तन भएर भएर घर फर्केका हुन् ।

२०७२ साउनमा बुवासंगै कामको खाजीमा हरिद्धार छिरेर वुवासँगै हरिद्वारमा काम गर्दै गरेका सुरेन्द्र माललाई एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर भारतको अर्को शहर चण्डिगढ लगे । उनलाई ६ महिनासम्म एउटा घरमा काममा लगाईयो । त्यो घरमा तेश्रो लिङ्गी र किन्नर जातिका मान्छे मात्रै बस्थे । उनी केही समयपछि त्यहाँबाट भाग्न सफल त भए तर फेरी उनलाई पहिलेकै साहुले लगे ।

यतिवेला उनलाई १ महिना कुनै तनाव दिईएन् । उनी खुसीले नै काम गरे । तर, एक महिनापछि कुनै रोगको महामारी फैलिएको भन्दै औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै आफु बेहोस भएको र ५ दिन पछि मात्रै होसमा आए ।

उनलाई बेहोसीमैं लिंग सहित शारीरीक बनावट नै परिवर्तन हुने औषधि शरीरमा पु¥याइएको उनि बताउछन् । आफ्नो लिंग र शरीरमा परिवर्तन मात्रै होइन विस्तारै सुरेन्द्रबाट प्रियामा रुपान्त्रीत भएको दुखेसो सुनाउनछ उनि ।

जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले सुरेन्द्र संगै आएका १ जना र उनलाई खोज्दै आएका २ जना गरी ३ जना भारतिय लाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

दुई वर्षसम्म बन्धक जस्तै जिवन बिताएका र विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा नाच्ने काम गर्नु वाध्य बनाइएका सुरेन्द्रले अन्य व्यक्तिलाई भारत रोजगारमा जाँदा बुझेर मात्रै जान सुझाव दिएका छन् ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार