काङ्ग्रेस जागरणले जगायो त जागर ?

शान्ति बस्नेत

इतिहास साक्षी छ, नेपाली काङ्ग्रेसले दर्ज गराएको जितको इतिहास लोकतान्त्रिक आन्दोलनको इतिहास हो । नेपालको प्रत्येक परिवर्तनशील आन्दोलनको नेतृत्व नेपाली काङ्ग्रेसले नै गरेको हामी सबैले इतिहास पल्टाएर होस वा ती दिनहरुका घाउहरुमा मलमपट्टी लगाइ अहिले प्रत्यक्ष जीवन जिइ रहेकासँग भेटेर होस् थाहा पाउन सक्छौँ । राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको संवाहक बनेको नेपाली काङ्ग्रेसले २००७ सालको जनक्रान्ति, २०१५ को संसदीय निर्वाचन, २०३६ को जनमतसङ्ग्र्रह, २०४६ को प्रजातन्त्र पुनस्थापना, २०६२÷०६३ को जनआन्दोलन, २०६३ को बृहत शान्ति सम्झौता र २०७२ को संविधान जारी गर्ने निर्णायक भूमिका खेलेको थियो ।

नेपाली काङ्ग्रेसले हाम्रो देशमा परिवर्तनकारी भूमिका धेरै नै खेलेको छ । विगतका नेपाली काङ्ग्रेस हाक्ने महान नेताका दृढ संकल्पका कारण पनि यस्ता धेरै महत्वपूर्ण कामहरु सम्पन्न भएको हामी महशुस गर्न सक्छौं । जनताको र जनमतको धेरै नै महत्व राख्ने स्वाभावका नेतृत्वहरु हामीले गुमाइसकेका छौँ । जनताका लागि आफूलाई जेलनेलमा कैयौं पटक तडपीतडपी जनताका आकांक्षाहरुलाई मूल आधार बनाइ पूरा गर्नलाई जिउज्यानकै बाजी राख्ने महान नेताहरु वी.पी. कोईराला, मातृकाप्रसाद कोईराला, गिरिजाप्रसाद कोईराला, गणेशमान सिंह जस्ता धेरै नै महान नेताहरुप्रति श्रद्धासुमन अर्पण गर्दछौँ ।

आजका दिनहरुमा पनि उहाँहरुकै देनका कारण नेपाली काङ्ग्रेसको अस्थित्व बची रहेको छ । उहाँहरुमा नेतामा हुन्पर्ने गुणहरु पूर्ण रुपमा थियो त्यही भएर नै अझै पनि नेपाली जनताहरुप्रति नेपाली काङ्ग्रेसप्रति भरोसा गुमेको छैन । यहाँ नेपाली काङ्ग्रेस वर्तमान अवस्थामा गुट उपगुटमा फसिरहेको छ । आफ्नै घर झगडाको कारण चुनावमा हार वेहोरेको सबैको मानसपटलमा झट्का परिनै रहेको छ । यहाँ नेताले विधि विधानलाई भन्दा पनि व्यक्तिको प्रभावमा परेर राजनीतिक भागबण्डा गर्ने प्रवृतिको कारण यहाँ विभिन्न विवादमा आफैँहरु बीच पर्ने गरेको हामी सबैलाई सर्वविदितै छ । यो नेताका लागि राम्रो काम हो न जनताको ईच्छा हो र यो त स्वार्थ पूर्तिको नियतले गर्दा राजनीतिक दललाई दलदलमा पार्नु बाहेक केही पनि उपलव्धि हासिल गर्न सकेको छैन । हो यस्तै प्रकृतिका नेपाली काङ्ग्रेस पार्टीको विकृतिको कारण आम जनताहरुका र जो कर्तव्य निष्ठा भएर आफ्नो हरेक जीवनलाई पार्टीका लागी भनेर हिडिरहेका नेपाली जनताहरुप्रति निराश हुंदै जाने दिनहरु बनिरहेका छन् । विगतका दिनहरुमा पनि नेताहरुबीच आपसी मतभेद रहेको भए पनि आफ्नो कर्मप्रति सदा ईमान्दारी रहेका थिए । तर अहिलेको युगमा त्यो देखिदैन । यहाँ आफ्नो कर्तव्यलाई भुलेर एक आपसको कुरा काटेर कुनै पनि चिया पसल या नेताहरुको घर घरमा बस्ने प्रवृति हाबी भएको छ । नेपाली काङ्ग्रेसले केही समय अगाडि कार्यकर्तालाई जागरण गराउने कार्यक्रम गर्यो तर त्यसले के साँच्चीकै जनतामा केही आशा जगाउने कार्य गर्यो होला त ? जागरणले के आशाको दियो जगायो त ? जागरणले के नेपाली काङ्ग्रेस समर्थक जनताका समस्याहरु के सम्बोधन भयो त ? यस्ता धेरै नै प्रश्नहरु उब्जिएका छन् । जागरणले नेपाली काङ्ग्रेसलाई एउटा यसो काम गरे जस्तो मात्रै अर्थात आँखामा छारो लगाउने बाहेक केही नी भएको छैन् । यसरी नेपाली काङ्ग्रेस पार्टी जाग्ने हैन काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो मात्रै हुने काम गरेको छ । जागरणले आशालाई जगाउनु पर्छ, निराशा हैन ।

यहाँ नेपाली काङ्ग्रेसका विभिन्न भातृ संघहरु छन् तिनिहरुको स्थिती बेहाल भएको छ । उदाहरणको लागि नेविसंघको स्थिति कहाँ छ ? एकपटक सोच्नुहोस् पदमा तानातान गरेर केही नि हुँदैन भएको पदको सदुपयोग गर्नु पर्यो म भए त केके नै गर्थे भन्ने अनि आफू हुँदा केही पनि नगर्ने प्रवृति कति दिनसम्म चलाउने हो । एउटा नेविसंघको तदर्थ समिति बनाउन पनि यति धेरै समय लगाउने अनि के आशा गर्नु खै महान विचारका खानीहरुले नै आफ्नो घरवार बिगारेपछि । सोचका भनी भएर मात्रै पुग्दैन यहाँ काम पनि गर्ने बानी बसाल्नु पर्दछ । यस्ता धेरै नै संघहरुमा पदाधिकारीहरु रिक्त रहेका छन् । खै त निर्वाचन गर्न सकेको अरुलाई गाली गरेर मात्रै हुन्न आफूहरु पहिला घर बलियो बनाउन लागि पर्नुपर्छ । यहाँ कति कार्यकर्ताहरुमा निराशा बढेको छ । आफ्नो हरेक कुरा पार्टीमा समर्पण गरेको छ तर पार्टी चाहि यस्तो कुरामा ख्याल नै गरेको छैन् ।

नेपाली काङ्ग्रेस त वी.पी. कै चेला हो नि कमसेकम केही त सिक्नु नि । वी.पी. कोइराला त राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रियस्तरकै नेताको रुपमा ख्याती कमाई महामानवको पहिचान बनाएका थिए तर आज उनकै चेलाहरुले वी.पी. कै पथलाई औंल्याउन सकेको अवस्था नसकिरहेको छ । काङ्ग्रेस पार्टीमा राजनीतिक चरित्रको विकास हुन सकेको छैन् । यहाँ काङ्ग्रेसको विधान रितिएको भाँडो जस्तो मात्रै भएको छ किन कि विधान को कुरा गर्ने काम चाँहि विधान विपरित गरेका छन् । यस्तै विभिन्न चरित्रका कारण नेताहरुकै कारण आम जनताहरुमा निराशा जागेको हो । अबका दिनहरुमा यस्ता १÷२ महिने जागरण हैन सच्चा काङ्ग्रेसहरु गाउँ शहरमा रहेकाछन् उनीहरुलाई चिन्न सकेर आफ्नो समाजलाई चुस्तदुरुष्त राख्ने काम र सच्चा कार्यकर्तालाई सँधै आफ्नो मातहतमा राख्न सकियो भने र नेताकाअनुसार हैन जनताका चाहना अनुरुप पार्टीलाई चलायमान बनाउन सकियो भने काङ्ग्रेसलाई यसरी बीच बीचमा जगाउनु र्ने दिनहरु आउने थिइएन की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार