किशोरी भन्छिन् चक्कु देखाएर जर्बजस्ती गर्यो, किशोर भन्छन् सहमतिमा

१९ वर्षीय युवकले १७ वर्षीया किशोरीलाई ललाईफकाई कोठामा लगे । कोठामा लगी करणी गरे । युवतीले उक्त घटनाबारे प्रहरीमा उजूरी दिइन् ।

महालक्ष्मी नगरपालिकाको चाँगथलीमा भएको घटनामा दुवैबीच यौन सम्पर्क भएको खुलेको छ । युवतीले आफूलाई चक्कु देखाएर जर्बजस्ती बलात्कार गरेको दाबी गरेकी छिन् । १७ वर्षीया किशोरी कम उमेरकी भएकाले युवक कानुन अनुसार सहमतिमा यौन सम्पर्क भएपनि युवकमाथि बलात्कारको अभियोग लाग्नेछ ।

प्रहरी स्रोतका अनुसार युवक सहमतिमा यौन सम्पर्क भएको दाबी गर्छन् । युवती चक्कु देखाएर बलात्कार गरेको दाबी गर्छिन् । युवकको कोठामा भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका १९ वर्षीय युवकले आफूहरुबीच प्रेम सम्बन्ध भएको दाबी गर्छन् । युवतीले चिनजानको सम्बन्ध मात्र भएको बताएकी छिन् । अन्डर एजको घटना भएकाले युवक कम्तिमा आठ वर्ष जेल जान सक्छन् । महालक्ष्मी नगरपालिकामा डेर गरी बस्ने युवक र किशोरीको घटनाले बलात्कारको घटनामा फेरि अर्को विवाद ल्याएको छ । पछिल्लो समयमा आफूले भनेबमोजिम नभए महिलाले पुरुषमाथि अभियोग लगाउने घटना बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार