नेतृत्व तत्काल नसच्चिए नेकपा पत्तासाफ हुन्छ : नेता सुरेन्द्र कार्की

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र कार्कीले पार्टीको नेतृत्व तत्काल नसच्चिए पार्टी नै पत्तासाफ हुने चेतावनी दिनुभएको छ ।

रेडियो कान्तिपुरको प्रभातकालिन नियमित कार्यक्रम द हेडलाईनर्समा कुराकानी गर्दै नेता कार्कीले पार्टी नेतृत्व गलत बाटोमा हिंडेको आरोप लगाउनुभयो ।

जनताप्रतिको भुमिका बिर्सिएर उत्माद शैलीमा सरकार अघि बढेको भन्दै उहाँले भारतमा भर्खरै सम्पन्न निर्वाचनको हेक्का राख्न आग्रह गर्नुभयो ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताको अपेक्षा पुरा गर्ने संकेतसम्म नदेखिनु दुर्भाग्यपुर्ण रहेको भन्दै उहाँले पार्टीभित्र छलफलसम्म हुन छाडेकाले गलत मनोविज्ञान हावी भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार