ओलीसँग माधव नेपाल रुष्ट, लगाए गम्भिर आरोप

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । सुरुवातदेखि नै नेता नेपाल ओलीसँग असन्तुष्ट छन् ।

पार्टी र सरकार एकलौटी रुपमा चलाएको र आफूहरुसँग कुनै सरसल्लाह नगरेको नेता नेपालको गुनासो छ । नेता नेपालनिकट स्रोतकाअनुसार ओली स्वेच्छाचारी रुपमा चलेकोले आफ्नो गम्भिर असहमति रहेको र ओलीका गलत क्रियाकलापविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

हालैमात्र पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै सरसल्लाह नै नगरी विवादस्पद निर्णय गरेको नेता नेपाल पक्षको आरोप छ । भारतबाट आयात हुने तरकारीमा विषादीको प्रयोग हुने गरेकोले त्यसलाई परीक्षण गरेरमात्रै ल्याउने निर्णय कसैसँग सल्लाह नै नगरी उल्टाउने निर्णयमा प्रधानमन्त्री पुग्नुमा पनि नेता नेपालको गम्भिर आपत्ति छ ।

त्यस्तै, भारतीय चलचित्र आईफा अवार्डको आयोजना नेपालमा गर्ने भनेर सुरुवातमा भनिएको र पछि नगर्ने निर्णय गर्नु नै ओलीको ब्लण्डर भूल भएको नेता नेपालको टिप्पणी छ । उनले भने,‘यस्तो निर्णय गर्नु हुन्थिएन । कि त अवार्ड आयोजना गर्ने भनेर बोलेपछि गर्नुपर्दथ्यो । तर,सरकारले नगर्ने निर्णय गरिसकिएकोले अब गर्नुहुँदैन ।’

त्यस्तै, गुठी विद्येयक ल्याउनुभन्दा अघि पार्टीभित्र ओलीले कसैसँगपनि छलपल नगरेको नेपाल पक्षधर नेताहरुको आरोप छ । ‘पछिल्लो समय ओलीजी आफ्नै टिममा लागेका छन् । अरुको कुरै सुन्दैनन् । पार्टीभित्र छलफल पनि गर्न छोडे ।’–नेता नेपाल पक्षधरको आरोप छ ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार