दर्शक बटुल्दै ‘यति कुरा’, एक पटक हेर्नैपर्ने लोक गीत(भिडियो सहित )

छड्के नजर लगाउदै जानीको
खाली सिउँदो रहेछ नानीको
यति कुरा था छ की था छैन्
तिम्रो बरु केही पत्तो पाछैन्, धरोधर्म मेरो वे भाछैन्

माथीका हरफहरु डिजिटल बजारमा दर्शक बटुल्दै गरेको दोहोरी गीत ‘यति कुरा’ भित्रका हुन् । यूवायूवती लक्षित मायाको विषयमा केन्द्रित दोहोरी गीतलाई मन पराउनेहरु बढ्दैछन् ।
गायक धर्मराज पोखरेलको यूटुव च्यानलबाट अपलोड गरिएको गीत दर्शक बटुल्दै छ भने टिकटक बनाउनेहरुको संख्या पनि बढ्दै गएको छ ।

गीतै गीतमा जिस्केको यत्तिकै
जन्मघर काँ छोड्थे त्यत्तिकै

यो शब्द टिकटकमा बढि प्रयोग भएका छन् । यूवतीहरुले यहि शब्दमा टिकटक भिडियो बनाईरहेका छन् । यूवाहरु धरोधर्म, मेरो वे भाछैन्, शब्दबाट प्रभावित बनेका छन् ।

यस गीतका सर्जक शिखर गजरकोटे हुन् । तनहूँका गजरकोटे सञ्चारकर्मका लागि सोलुखुम्बु बस्छन् । ‘हिमालको काखमा बसेर गीत लेख्न मज्जा आउछ’ उनले भने । उनले यसअघि करिब ३० वटा पुर्वेली र पश्चिमेली भाकामा शब्द लेखिसकेका छन् । पानी मिठो यारीखोलाको, बार लाउहै मायाले, पुर्वेली कान्छी, तनहूँ गजरकोट, छाता थेन, चुल्ठो दर्शक–स्रोताले मनपराएका गीत हुन् ।

यस गीतका गायक धर्मराज पोखरेल पेशाले ईन्जिनियर हुन् । आफ्नो पेशामा सफल मानिएका पोखरेल समाजसेवा र लोक गीत गायनमा पनि उत्तिकै सक्रिय छन् । यसअघि उनले खोटाङ मध्येवसेरी, आश्रममा बाउआमा, शंका लागे, खोटाङ दिक्तेल बजार, बरु मर्ने बाटो, जयराम घाटैमा, दुई दिने चोला, भोली भेटौला, धारापानीमा लगायतका लोकलयका गीत बजारमा ल्याईसकेका छन् ।

गायक पोखरेललाई अर्का गायक सुरेशरमण अधिकारी, गायिका देवी घर्ति मगर र स्मृती शाहीले स्वरमा साथ दिएका छन् । बिबि अनुरागीको संगीतसंयोजन रहेको गीतको भिडियो शङ्कर बिसीले निर्देशन गरेका हुन् । नृत्यमा निर्देशक बिसीलाई डिजिटल बजारमा चलेकी मोडेल अञ्जली अधिकारीले साथ दिएकी छिन् ।

कृष्ण फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा दुर्गा पौडेलले दृष्य छायाङ्कन गरेका हुन् भने भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार