विषादी परीक्षण गर्ने निर्णयमा सचिवले डुबाए : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतबाट नेपाल भित्रिएका फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णयमा आफूलाई सचिवले ‘डुबाएको’ गुनासो गरेका छन् ।

मन्त्री यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचिवको भरपर्दा परीक्षण गर्ने निर्णय कार्यान्वयनमा बाधा पुगेको बताएका हुन् ।

सीमानाकामा परीक्षण गर्ने क्षमता नै नभइ सचिवले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै उनले सचिवको आलोचना गरे ।

परीक्षण गर्ने सामग्री नहुँदा निर्णय कार्यान्वयन हुन नसकेको तर यसको सम्पूर्ण जिम्मेवारी भने आफूले लिने पनि मन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार