विप्लव समुहका दुई नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ दुई जना जिल्ला स्तरीय नेता डडेल्धुरामा पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता भित्री मधेश क्षेत्रको परशुरामा नगरपालिका बाट पक्राउ परेका हुन । देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाँउबाटै नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।नयाँपत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार