सडक र पुललाई प्राथमिकता दिदैँ साढे ५० करोडको बजेट

सोलुखुम्बु । आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले सडक र पुललाई बढी प्राथमिकतामा राख्दै आर्थिक बर्ष २०७६/७७ को बजेट साढे ५० करोड भन्दा बढी बिनियोजन रहेको छ ।

असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका नगरपालिकाले नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा भएको पाँचौ नगरसभामार्फत ५० करोड ६१ लाख ६९ हजार रुपियाँको बजेट बिनियोजन गरेको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।

बजेटमा सशर्त कार्यक्रमतर्फ २१ करोड ८५ लाख रुपियाँ बजेट बिनियोजन भएकोमा प्रशासनिक खर्चमा सात करोड ६१ लाख रुपियाँ, वडा कार्यक्रमतर्फ चार करोड ९५ लाख रुपियाँ, शिक्षातर्फ एक करोड २४ लाख रुपियाँ, लक्षित वर्गका कार्यक्रमतर्फ एक करोड आठ लाख रुपियाँ, स्वास्थ्यतर्फ ५२ लाख रुपपयाँ बजेट बिनियोजन गरिएको प्रबक्ता तामाङद्वारा हस्ताक्षरित विज्ञप्तमा उल्लेख छ ।

त्यस्तै, कृषि पशु र सिंचाईतर्फ एक करोड २९ लाख रुपियाँ, पर्यटनतर्फ एक करोड ८५ लाख रुपियाँ, फोहोरमैलातर्फ ५३ लाख रुपियाँ, खानेपानीतर्फ ६३ लाख रुपियाँ रकम बिनियोजन गरिएको छ ।

मोटरेवल पुल निर्माणका लागि चार करोड ४२ लाख रुपियाँ, सडकतर्फ तीन करोड ८६ लाख ५० हजार रुपियाँ, मानव संशाधन विकासमा नौ लाख ८४ हजार रुपियाँ, ऊर्जा तथा जलविद्युततर्फ एक करोड तीन लाख रुपियाँ विनियोजन गरिएको छ ।

सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ६३ लाख रुपियाँ, खेलकुदतर्फ ३८ लाख रुपियाँ र अन्य विविध कार्यक्रम तथा कोषतर्फ ८६ लाख ८७ हजार रुपियाँ रकम बिनियोजन गरिएको छ । सोही नगरसभाले आगामी आर्थिक बर्षको आर्थिक र विनियोजन विधेयक पारित गर्नुका साथै चालु आर्थिक बर्षको जेठ मसान्तसम्म भएको सम्पूर्ण आम्दानी खर्च अनुमोदन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार