काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणवारे भारतीय दुताबासबाट आएको पत्रबारे आफुलाई झुक्याइएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले परराष्ट्र, कृषि र वाणिज्य मन्त्रालयले उक्त पत्र गोप्य राख्दा आफु लज्जित हुनुपरेको बताए ।
प्रधानमन्त्री ओलीले पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने चेतावनी समेत दिए ।
उनले भारतवाट पत्र आएपनि यसबारे आफुलाई जानकारी नहुंदा कुनै पत्र आएको छैन भनेर सार्वजनिक रुपमा भनेको भन्दै त्यसका लागि क्षमाप्रार्थी छु भने ।
प्रधानमन्त्री ओलीले आवश्यक तयारी पछि फेरी सीमा क्षेत्रमा विषादी परीक्षण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।
प्रधामन्त्रीले असार २१ गते नेकपा संसदीय दलको बैठकमा भारतबाट विषादी परीक्षण रोक्न पत्र पठाएकोबारे थाहा नभएको बताएका थिए ।
भारतीय राजदूतावासले असार १४ गते परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई पत्र पठाउँदै विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो । इमेजखबरबाट