विप्लव समूहको सोलुखुम्बु सेक्रेटरी खड्का पक्राउ

विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् ।

उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।

सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८ गतेबाट विप्लव समूहमा संगठित भएको प्रहरीले जनाएको छ ।

उनले विप्लव नेकपाको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।onlinekhabar bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार