काठमाडौं । नायिका शिल्पा पोखरेल अहिले तनावमा छिन् । उनको तनावको विषय बनेको छ श्रीमान छबी ओझासंगको सम्बन्ध ।
श्रीमान–श्रीमतिविच तनाव भएपछि घरेलु हिंसा गरेको भन्दै छबी ओझाबिरुद्ध प्रहरीमा उजुरी दिएकी शिल्पाले कागजी मिलापत्र त गरिन् अझै ढुक्क छैन ज्यानको सुरक्षा हुनेमा ।
साथीहरुसंग फिल्म हेर्न जाने क्रममा छबि ओझाले हानेको थप्पडले कानमा असर पुगेको बताउदै आएकी शिल्पा तत्काल छबीको घर नफर्किने मुडमा छिन् ।
छबी ओझाको चौथो श्रीमतिको रुपमा भित्रिएकी शिल्पाले कहिल्यै सोचेकी थिइनन् । रिलमा जस्तै रियलमा पनि जीन्दगी तनावपूर्ण होला भनेर । रियलमा रोमान्टिक शिल्पा अहिले तनाबमा भएपनि उनी पनि रोमान्टिक होउन भन्ने अपेक्षा उनका प्रसंसकले पनि गरेका छन् । उनका केही तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौं ।
राजधानी दैनिकबाट