बाढी/पहिरोबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं ।  बिहिबार रातिदेखि अविरल परेको पानीका कारण आएको बाढी/पहिरोमा परी हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अझै १० व्यक्ति बेपत्ता रहेका छन् ।

त्यसैगरी १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ। उसले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी राखेको बताएको छ ।

काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक/एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्। अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्। खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार