पहिरोले एकै परिवारका तीनको मृत्यु

भोजपुरको दक्षिण रामप्रसाद राई गाउँपालिका–५, भञ्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी तीनजनाको ज्यान गएको छ।

शनिबार बिहान साढे ७ बजे पहिरोले घर पुरिएर ४० वर्षीया मानकुमारी राई र उनका १७ वर्षीय जेठा छोरा शिवकुमार र कान्छा छोरा १५ वर्षीय शक्तिकुमारको घटनास्थलमै मृत्यु भएको छिमेकी जगत चौहानले बताए।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार मानेभञ्ज्याङ प्रहरी चौकीबाट परिचालन भएको प्रहरी टोलीले घटनास्थलको सर्जिमिन मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

करिब एक सातादेखि लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा र घर पुरिँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।nagariknews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार