काठमाडौ । काठमाडौँको मुलापानीस्थित बाबा चोकमा पर्खालले किचेर तीनजनाको ज्यान गएको छ । बाबा चोकमा टहरामा बस्दै आएका बाराका तीनजनाको अर्काको घरको पर्खालले किचेर ज्यान गएको हो।
महानगरीय प्रहरी परिसर बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार ज्यान गुमाउनेमा देउरानी–जेठानी र एकजना १० वर्षीय बालक छन् ।
मृत्यु हुनेहरुमा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।
‘टहरमा बस्दै आएका उनीहरुलाई अर्काको घरको बनिसकेको पर्खाल ढलेर किचेको हो’, चन्दले भने, ‘उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।bikastimes