अमेरिकन प्रोपोगन्डामा आयो गगनको यस्तो स्पष्टीकरण (भिडियो सुन्नुहोस्)

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफूलाई अमेरिकासँग जोडेर गरिएको प्रोपोगन्डाका सम्बन्धमा आफ्नो धारणा राख्नुभएको छ । अमेरिकन दूतावासका मुख्य सम्पर्क सूत्र भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि गगनले प्रष्ट पार्नुभएको हो ।

विकिलिक्समा रहेको पुरानै सूचनालाई कपी गरेर आफूलाई मात्रै बदनाम गराउने नियतका साथ समाचार लेखिएको भन्दै २०६८ सालमै विकिलिक्समा रहेको तथ्यांकलाई लिएर आफ्नो राजनीतिक प्रतिष्ठा कमजोर पार्ने योजनाका साथ सरकारका अरिङ्गालहरुले आफूविरुद्ध समाचार प्रकाशित गरेको उहाँको भनाइ छ ।

‘विकिलिक्समा हजारौँ व्यक्तिको तथ्याङ्क छ । नेपालका पनि धेरै नेताको नाम त्यहाँ छन्, मलाई अमेरिकन दूतावासको ‘कि कन्ट्याक्ट’ का रुपमा मुछेर केही अनलाइनहरुले नियतवश प्रहार गर्न खोजेका छन् ।’ उहाँले भन्नुभयो ।

नेकपाका नेता भीम रावल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, काँग्रेस नतृ सुजाता कोइराला र दर्जनौँ नेता तथा पत्रकारको नाम त्यो दस्तावेजमा ‘क्लोज कन्ट्याक्ट’ का रुपमा रहेको भन्दै उनीहरुको नाम कहीँ कतै नआउने, विष्णु रिमाल र केपी ओलीबारेमा लेखिएको कुरा नउठ्ने, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईबारे त्यहाँ लेखिएको कुरा नउठ्न तर सयौँ जनाको नाम त्यो डकुमेन्टमा हुँदा मेरो मात्रै नाम राखेर समाचार लेखिनु गलत नियत भएको उहाँको भनाइ छ ।

अतिरञ्जित गरेर बदनामी गर्न खोजिनु गलत भएको बताउँदै प्रधानमन्त्रीले भने जस्तै एउटा अरिङ्गलको जत्था फेरि आफू विरुद्ध लागेको बताउनुभयो । तर म नबिराइ, नचुकी नेपालको परिचय बदल्न लागिरहेको छु ।’ आफू कुनै कुरामा नचुकेको बताउँदै यदि गल्ती गरेको भए यति शक्तिशाली सरकारले जे गर्नुपर्ने गरिसक्ने उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार