निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बाढी र पहिरोमा परी प्रदेश १ मा तीन जना बेपत्ता छन् । तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी विस्थापित भएका छन् ।
प्रदेश–१ को प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक/एक गरी जम्मा ९ जनाको मृत्यु भएको हो ।
पाँचथर, झापा र मोरङमा एक÷एक जना बेपत्ता छन् । सुनसरी र खोटाङमा एक/एक जना घाइते भएका छन् ।
बाढी, पहिरो र डुबानका कारण प्रदेश भरी ४ हजार बढी बिस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ । तराईका अधिकांश खोलामा बाढी आउँदा सयौं घर डुवानमा परेका छन् ।इमेजखबरबाट