फेरी दुई दिन नेपाल बन्द

काठमाडौँ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध उत्रिएको नेपाल आदिवासी जनजाति महासंघले दुई दिन नेपाल बन्द गर्ने भएको छ ।

महासंघले साउन २ गते र १० गते नेपाल बन्द गर्ने भएको छ भने अन्य विविध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

विज्ञापन खारेज गर्न माग सहित आरक्षण बचाऔँ भन्दै आन्दोलन थालेको महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्दलगायतका कार्यक्रम घोषणा गरेको हो ।

संघीय गणतन्त्र नेपालको संविधान विपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

महासंघले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा २०७६ असार २८ गते प्रचारप्रसार र पर्चा वितरण, असार २९ गते साँझ मसाल जुलुस, असार ३० गते साँझ सिठ्ठी जुलुस, असार ३१ गते उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर र साउन २ र १० गते नेपाल बन्द घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार