पहिरोले पुरिएर आमा–छोरीको मृत्यु

हेटौंडा। मकवानपुरको मार्खुमा आइतबार राति पहिरो जाँदा घरमा सुतिरहेका आमा र छोरीको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–१, मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता बलामीको मृत्यु भएको हो ।

त्यस्तै, पहिरोमा परी ३८ वर्षीया बेली बलामी घाइते भएकी छन् ।

पहिरोले पुरिएर रातिदेखि बेपत्ता भएका उनीहरुको शव पुरिएको अवस्थामा सोमबार निकालिएको प्रहरीले जनाएको छ ।

राति नै पहिरोले घर पुरे पनि स्थानीयले भने बिहानमात्रै थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार