पार्टी आत्मकेन्द्रित, अहंकारमा रमाइरहे जनताले सबक सिकाउँछन् : दाहाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी आत्मकेन्द्रित, अहंकार, गुटबन्दीमा रमाइरहने हो भने जनताले सबक सिकाउने बताएका छन् ।

नेकपालाई कसैले माया गरेर दुईतिहाइ हैसियत नदिएको भन्दै उनले नेताहरूको त्याग, निष्ठा र संघर्षको प्रतिफलबाट अहिलेको शक्ति प्राप्त भएको उल्लेख गरे ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले प्रतिबद्धताअनुरूप काम नगरे जनताले कसरी गिराउँछन् भन्ने कुरा पूर्वी युरोप र सोभियत युनियनको पतनबाट स्पस्ट हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसित मंगलबारै साँझ भेटवार्ता गरेर पार्टी एकताका बाँकी काम टुंग्याउने उनको भनाइ छ ।

त्यसपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर संगठनात्मक एकताको काम पूरा गरिने बताउँदै अध्यक्ष दाहालले भने–‘अहिलेसम्म पार्टी एकताको काम नटुंगिनु गम्भीर विषय हो ।’इमेजखबरबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार