विश्वकै महँगो कर भएको मुलुकको सूचीमा पर्दैछौं : विनोद चौधरी

काठमाडौं/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले खर्चको भार थप्दै लगेकाले उठ्ने करले चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुग्नु अर्थतन्त्रका लागि दुर्भाग्य आरोप लगाएका छन्। नेपालका एक मात्रै डलर अर्बपति सांसद चौधरीले सरकारले बजेटमा ठोस योजना ल्याउन नसकेको आरोप लगाए।

अर्थमन्त्री डा. युवराज खतिवाडले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले मुलुक डरलाग्दो दुष्चक्रमा फस्न लागेको बताए। उद्योगी चौधरीले बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्नेमा समेत जोड दिए।

अर्थतन्त्रले धान्न नसक्ने गरी करका दर बढाउने र विश्वको सबैभन्दा बढी कर भएको मुलुकमा स्थापित गराउने काम भएको आरोप समेत चौधरीले लगाए।मुलुकमा ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च मात्र गर्ने गरेर पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा सरकार गम्भिर नबन्नु मुलुकका लागि आर्थिक संकट आउन सक्ने समेत चेतावनी चौधरीले दिए।

‘तरकारी फलफुुल र पुजा गर्ने फुल पनि भारतबाट आयात गर्नुपरेको छ, राज्यले नयाँ योजना खोजेर त्यसतर्फ बजेट खर्च गर्नुपर्ने हो,’ चौधरीले भने।  सिमेन्टमा मुलुक आत्मनिर्भर भएपनि आवश्यक पूर्वाधार तयार गरेकाले यो सम्भव भएको समेत चौधरीले बताए। ‘नेपाल भ्रण वर्ष २०२० ठूलो कुरा होइन, हामीले यसका लागि आवश्यक पूर्वाधार र गन्तव्य कति तयार गरेका छौं ? यो प्रमुख कुरा हो,’  चौधरीले भने।

५ लाख रोजगारी सिर्जना गर्ने योजना बोकेको बजेटले गत वर्ष कति गरेको हो? बढीमा ५० हजार भयो होला भन्दै चौधरीले योजनामात्र आउने गरेको अरोप लगाए।

अर्थमन्त्री खतिवडालाई मात्रै दोष नदिने बताउँदै सांसद चौधरीले प्रत्येक मन्त्रालयसँग विकासको यात्रा जोडिएकाले सबैको सहकार्य हुनु जरुरी रहेको बताए।kathmandupress.com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार