उपनिर्वाचन मंसिर पहिलो साता !

काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा १२० दिन आवश्यक पर्छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए ।

तर, स्थानीय तहको निर्वाचनका लागि मिति भने आयोगको परामर्शमा सरकारले नै तोक्ने कानुनी व्यवस्था छ । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार