अन्तरदेशीय लागूऔषध कारोबारमा वार्षिक ६७ खर्ब नेपाली रुपैयाँ घुमिरहेको छ । त्यो पनि विश्वभर होइन, दक्षिणपूर्वी एशिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र बङ्गलादेशको बजारबाट हुने कारोबारमा मात्र ।

यो तथ्यांक संयुक्तराष्ट्रसंघले सार्वजनिक गरेको हो । राष्ट्रसंघको अपराध र लागूऔषध कारोबारसम्बन्धि अध्ययन गर्ने निकाय युएनओडिसीले २ साउनमा ३० अर्ब देखि ६१ अर्ब डलर बराबरको रकम घुमिरहेको तथ्यांकसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनले महिला तथा बालबालिकाको तस्करी र यौन दुव्र्यवहार गम्भीर समस्या बनेको उल्लेख गरेको छ । दक्षिणपूर्वी एशिया र पूर्वी एशियाली देशहरुमा यसले चुनौती बढाएको छ । रिपोर्टसनेपाल डटकमबाट