सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको लोखिममा भाइको कुटाइबाट दाजुको ज्यान गएको छ ।
शनिबार राती दाजुभाइबीच झगडा भएपछि ४४ वर्षका दाजु जयप्रकाश राईको २७ वर्षका भाइ किरण राईको कुटाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
झगडाको कारण खल्न सकेको छैन भने भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले बताउनुभयो ।