काँग्रेसबाट २३ जना निष्कासन, सोलुखुम्बुमा मात्र २० जना निष्काशित (नामावली सहित)

काठमाडौं । नेपाली काँग्रेसले २३ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ भने सोलुखुम्बुबाट मात्र २० निष्काशित भएका छन् ।

गएको स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा वागी उमेद्वार, प्रस्तावक तथा समर्थक बसी पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिको सोमबार बसेको बैठकले निष्काशन गरेको हो ।

२०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै विभिन्न जिल्लाका २३ जना नेता कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेकोमा सोलुखुम्बुबाट सबैभन्दा बढी २० जना निष्काशन भएका छन् ।

अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेका अनुसार निर्वाचनमा पार्टीको आधिकारिक उमेदवार विरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएकोे हो ।

निर्वाचनमा वागी उमेदवारी दिएका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गएर उमेदवारी दिएकाहरुको नामावली केन्द्रमा पठाउन अन्य जिल्लाहरुलाई पनि अनुशासन समितिले तत्काल नामावली पठाउन पुनः निर्देशन दिएको संयोजक आङ्दम्बेले जनाकारी दिनुभयो ।

समितिले यसअघि पनि विभिन्न जिल्लामा चुनावमा असहयोग गरेका नेता–कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको थियो ।

यी हुन पार्टीबाट निष्कासित नेता–कार्यकर्ताहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार