अवैध यौन क्रियाकलापको आरोपमा १० जना पक्राउ

अवैध यौन क्रियाकलापमा संलग्न भएको आरोपमा पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले होटल सन्चालकसहित १० जनालाई पक्राउ गरेको छ ।

बर्दघाटस्थित ‘न्यू शीतलपाटी स्टाफ होटल, रेस्टुरेन्ट एन्ड लज’बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

विगत लामो समयदेखि उक्त होटलमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले सोमबार छापा मारेको हो ।

त्यसक्रममा होटल सन्चालक रमेश कोइरालासहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ६ जना पुरुष र चार महिला रहेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरि शर्मा (इमेज)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार