भारतका अस्पतालमा नभएको उपचार नेपालमै

हिमशिखर समाचारदाता
काठमाडौँ । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले पहिलो चोटी एक बालिकाको क्तचष्अतगचभ एबिकतथ धष्तज ब्लयउबिकतथ ध्ष्तज ऋययिकतयmथ ऋयिकगचभ को सफल शल्यक्रिया गरेको छ ।

नेपालमा नै उपचार सम्भव हुने यस्ता रोगबारे र उपचार हुने अस्पतालबारे जानकारी नहुँदा जनताले सास्ती बेहोर्नु परेको छ । सर्लाही घर भएकी १० वर्षिय अर्चनाकुमारी साह दुई वर्ष अगाडी दुर्घटनामा परेकी थिइन । दुर्घटनापछि उनको मलद्वारबाट दिसाको निकास हुन सकेको थिएन ।

पेटमा प्वाल पारेर पाइप जोडेर दिशा गर्दै आएकी साहको अस्पतालका डा.दिनेशप्रसाद कोइरालाको टिमले सफल शल्यक्रिया गरेको हो । हाल भारतका यी अस्पतालले फर्काएपछि उपचारका लागि आइपुगेकी साह भारतका पाँच अस्पतालमा उपचार गर्न पुगेपछि मात्र नेपाली अस्पतालमा आएकी हुन् ।

साहलाई पहिला भारतको लखनउमा रहेको पी.जी.ई.अस्पतालमा जाँचको लागि लागिएको थियो । उक्त अस्पतालमा उपचार असम्भब भनेर दिल्लीमा रहेको सर गंगाराम अस्पतालमा जान भनेको थियो । अर्चनाका बुवा निरास हँुदै सर गंगाराम अस्पताल उपचारका लागि छोरीलाई लिएर गए । एकातिर सन्तानको माया त अर्काे तिर अस्पताल धाउँदाको सास्तीले लखतरान भएपनि अस्पताल धाउन भने छाडेनन् ।

उनी सन्तानको मायाले गर्दा एकपछि अर्काे अस्पताल धाइरहे । उनले कतिपनि हारभने मानेन् । सर गंगाराम अस्पतालमा पनि उपचार सम्भब नभएपछि अर्चनालाई फेरी एपोलो अस्पताल, जीवन मल्ल अस्पताल र दिल्लीकै एम्स अस्पताल रिफर गरिएको थियो । एम्स अस्पतालका चिकित्सकहरुले अर्चनाको उपचार भारतमा सम्भब नहुने बताएका थिए ।

अर्चनाका बुवाले साथीहरुबाट यो रोगको उपचार नेपालमा नै सम्भब छ भन्ने सुनेपछि उनी नेपाल फर्केको सुनाउँछन् । छोरीको उपचारको क्रममा उनी काठमाडौँ न्यूरो तथा जनरल अस्पताल आइपुगे र उपचार पनि सम्भव भयो । अस्पतालले बालिकाको उपचार बाल सर्जन डा. दिनेशप्रसाद कोइरालाले गर्ने पक्का भएपछि उनीहरु खुसी भएका थिए । त्यसपछि बालिकालाई अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया करिब १ हप्ताको अस्पताल बसाईपछि अहिले बालिका पूर्णरुपमा ठिक छन् । यस रोगको उपचारको लागि भारतमा ५ लाखसम्म लाग्ने अस्पतालले जनाएको छ । तर औषधी सहित अर्चनाको उपचार नेपालमा ७५ हजारमा नै सम्भव भएको अस्पतालले बताएको छ । मेडिकल क्षेत्रमा नेपाल भन्दा धेरै अग्रपंक्तिमा रहेको भारतमा सम्भव नभएको उपचार नेपाली डाक्टरबाट नेपालमा हुनु गौरवको कुरा भएको अस्पतालको भनाइ छ ।

सरकारी तवरबाट पनि नेपालमा भएका अस्पतालले दिने उपचार र डाक्टरहरुको बारेमा आम सर्बसाधारणमा जानकारी दिनु जरुरी रहेको जानकारहरु बताउँछन् । बाल सर्जन डा. कोइराला अनुभवी सर्जनको रुपमा परिचित रहनु भएको छ । डा. कोइरालाले साहको तीन वटा शल्यक्रिया गर्नुपरेको जानकारी दिनुभयो । पेटमा प्वाल पारेर पाइप लगाएर दिसा निकाली रहेको अवस्थामा प्वाल पुर्न चुनौती थियो, डा. कोइरालाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार