काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट नगरेको सरकारले दाबी गरेको छ ।
बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख सामन्तसँग काठमाडौंमा भेटघाट नगरेको स्पस्ट पारेका हुन् ।
रअ प्रमुखसँग भेट नगरे पनि भेट गरेझैं गरी हल्ला फैलाएको भन्दै उनले यसलाई पुष्टि गर्न सन्चारमाध्यमलाई चुनौती दिए ।
‘रअ प्रमुखसँग भेट्न नमिल्ने त होइन’ भन्दै उनले भने–‘मूलधारका मिडिया कुइरीमन्डलको खेतीमा नरुमलिउँ ।’
‘रअ’का प्रमुख नेपाल आएको सरकारलाई थाहा नभएको बताएका सन्चारमन्त्री बाँस्कोटाले ‘उनीसँग भेट्दैमा कोहीपनि रअका पक्षका हुँदैनन् होला नि होइन ?’ भने ।
सन्चारमन्त्री बाँस्कोटाले नेताहरुलाई ‘रअ’का प्रमुखले भेटेको भएपनि कूटनीतिक मर्यादाअनुसार भेटेको भए राम्रो हुने बताए ।इमेजखबरबाट