तत्काल महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन कांग्रेस केन्द्रीय सदस्यहरुको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले जारी केन्द्रीय समिति बैठकबाटै महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन माग गरेका छन् ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महाधिवेशनका लागि थोरैमात्र समय रहेको भन्दै अन्तरकालीन व्यवस्थालाई पनि महाधिवेशनकै चरणकारुपमा लैजान माग गरेका छन् ।

विधानमा अन्तरकालीन व्यवस्थाका लागि भौगोलिक आधारमा समिति गठन गर्ने भनेकाले त्यस्ता समितिलाई अधिवेशनको रुप दिएर जान सदस्यहरुको माग छ ।

अन्तरकालीन समितिहरु कसरी निर्माण गर्ने भन्ने विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।

संस्थापन पक्ष सहमतिबाट यस्ता समिति बनाउनुपर्नेमा छ भने इतर पक्ष यसलाई नै अधिवेशन मानेर जानुपर्ने पक्षमा देखिएको छ ।

सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा पनि प्रतिपक्ष दलको भूमिका प्रभावकारी बन्न नसकेको भन्दै सदस्यहरुले आलोचना गरेका छन् ।

उनीहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न र जनताको मन जित्ने अभियान सन्चालन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार