नेकपा सचिवालय बैठक १६ दिनका लागि किन भयो स्थगित ?

काठमाडौ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि साउन २९ गते बस्ने बैठकमा पेस गर्ने र त्यसमा छलफल गर्ने भनेर बैठक स्थगित भएको छ ।’

स्कूल विभागमा मात्र किन विवाद देखिएको छ भनि पत्रकारको जिज्ञासमा उहाँले विभागहरुमा कार्यविभाजनको विषयमा छलफल चलिरहेको छ, कुनै सहमति भएको नभएको बेला एउटा स्कूल विभागमा मात्र कुरा मिलेको छैन भनि भन्न नमिल्ने प्रतिकृया दिनुभयो ।

अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरी विभिन्न ३२ वटा विभाग, आयोग, समिति र प्रतिष्ठानका लागि गृहकार्य गरी यसअघि बसेको सचिवालयको बैठकमा पेस गर्नुभएको थियो । तर स्कूल विभागमा कुरा नमिलेपछि कार्यविभाजनको टुगों लागेको थिएन । स्कूल विभागका लागि नारायाणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दावी गर्दै आउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

केन्द्रीय कार्यसमितिको कार्यविभाजनलाई टुङ्गो लगाउनका लागि यो सचिवालयको बैठक बसेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
विभिन्न ३२ वटा विभाग, आयोग, समितिहरुका लागि कार्यविभाजन गर्न नेकपामा केहीदिनदेखि गृहकार्य भइरहेको थियो । तर पछिल्लो समय स्कूल विभागमा कुरा नमिल्दा बैठक लम्बिएको थियो । स्कूल विभागमा सचिवालय सदस्य इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गर्दै आउनु भएको छ ।

दुवै जना आआफ्नो अडानबाट पछाडि नहटेपछि सचिवालयको बैठक सर्दै आइरहेको थियो । स्कूल विभागको विषयमा सहमतिका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य गर्दै आउनुभएको थियो । सोमबार सचिलायमा रहेका पूर्व एमालेका नेताहरुको बीचमा छलफल भएको थियो । त्यसपछि अध्यक्षद्धयबीच पनि छलफल भएको थियो ।
गृहकार्यपछि सोमबार बसेको बसेको सचिवालयको बैठकले कार्यविभाजनको टुङ्गो लगाउने संभावना रहेको छ ।यो समाचार सुरेशकुमार यादवले गोरखापत्र दैनिकमा लेख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार