गृह मन्त्रालयले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । यससँगै सोलुखुम्बुमा बेदनिधी खनाल नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुहुने भएको छ । खनाल यसअघि सोलुखुम्बुमानै सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा रहनुभएको थियो । यसै क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिस्तरीय निर्णयबाट तराईका केही सहसचिव (प्रमुख जिल्ला अधिकारी), पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (उपसचिव) र तराईमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको सुनसरी सरुवा भएको छ। सर्लाहीमा इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसी पठाइएका छन्। कपिलवस्तुका रामेश्वर अर्यालको तनहुँ सरुवा भएको छ।
मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीको तेह्रथुम सरुवा भएको छ। तेह्रथुमकी लक्ष्मीदेवी होमागाईंको काभ्रे सरुवा भएको छ।
ताप्लेजुङका अर्जुन भण्डारीको मोरङ, डोरेन्द्र निरौलाको ताप्लेजुङ सरुवा भएको छ। चन्द्रबहादुर कार्कीको कालिकोटबाट धरानस्थित इलाका प्रशासन कार्यालय सरुवा भएको छ। कृष्णप्रसाद पन्ध पाल्पाबाट प्युठान, प्युठानका बद्रीनाथ गैरेको नुवाकोट, कृष्णचन्द्र पौडेलको कालिकोट सरुवा भएको छ।
शम्भु ऐरीको रुपन्देहीबाट रापप विभाग, गृहका ज्ञाननाथ ढकाल म्याग्दी, युवराज कँडेलको दैलेख, बेदनिधि अधिकारीको रुकुमपूर्व, पुष्पराज पौडेलको रुकुमपश्चिम, मित्रलाल शर्माको गृह मन्त्रालय, लीलाधर अधिकारीको अध्यागमन, खुमकान्त अर्यालको साँखु, वसन्त पुरीको काभ्रेबाट गृह मन्त्रालय, तुलसीराम पौडेलको गोरखा, लक्ष्मी बाँस्कोटाको कारागार सुन्धारा र रुद्रनाथ देवकोटाको अध्यागमन विभाग सरुवा भएको छ।