काँग्रेस सभापति बन्न देउवाविरोधीलाई एकढिक्का बनाउँदै पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पार्टीको आउँदो महाधिवेशनबाट सपभापति बन्नका लागि आन्तरिक तयारीमा सक्रिय भएका छन् । उनले त्यसका लागि टिम बनाइरहेका छन् ।

पौडेलले कोइराला परिवार र पूर्व महामन्त्री प्रकाशमान सिंहको साथ कायमै राखी अर्को पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग सहमति बनाउन खोजिरहेका छन् । महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको दाबेदार भएकाले पौडेललाई चुनौती छ । सुजाता कोइराला परिवारभित्रबाट काँग्रेसको नेतृत्व आउनुपर्ने योजनामा लागिरहेकी छिन् । सबैलाई मिलाउन पौडेल सजिलो छैन ।

पौडेलले देउवाप्रतिको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । देउवा सभापति र प्रधानमन्त्री हुँदा तीन तहको चुनावमा भएको पराजयलाई पौडेलले मुख्य अस्त्र बनाइरहेका छन् । पछिल्लो समय पार्टीको भूमिका कमजोर भएको र दुई तिहाइको सरकारले एकलौटी निर्णयहरु गर्दा पार्टी निरिह बनेको भन्दै पौडेल पक्ष देउवाप्रति असन्तुष्टि बढाइरहेको छ । यसै माहोललाई पक्षमा पारेर पौडेलले देउवाविरोधी गुटहरुलाई एकतावद्ध पार्न खोजेका छन् ।

देउवाको पक्षमा प्रभावशालीहरुमा विमलेन्द्र निधि र विजयकुमार गच्छेदार छन् । देउवाको विरोधमा पौडेल, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाका अलावा कोइराला परिवार छन् । सबै एक भएमा देउवालाई पुनः नेतृत्वमा पुग्न कठिन पर्ने देखिन्छ । पौडेल सबैलाई एक बनाउने योजनासहित लागिपरेका छन् । रिपोर्टसनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार