वस्तुगतप्रश्नोत्तर
१. अमेरिकास्थित स्पेस एक्स कम्पनीले एकै साथ २४ भूउपग्रह अन्तरिक्षमा कहिले प्रक्षेपण गरेको हो ?
सन् २०१९ जून २५
– स्पेस एक्स नामक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको ।
– प्mलोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी रकेट प्रक्षेपण गरिएको ।
– अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित रहेको स्पेसएक्स निकट भविष्यमै मानिसहरुलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।
२. पुष्पलाल राष्ट्रिय पुरस्कार २०७५ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
लोककृष्ण भट्टराई (ओखलढुंगा, राजनीतिक/सैद्धान्तिकविधा), डा. नारद वाग्ले (नारदनाथभारद्वाज) (झापा, इतिहास विधा) र डा. राजेन्द्र विमल (जनकपुर)
(वि.सं. २०६८ मा स्थापित यो पुरस्कारको राशिजनही एक लाख रुपैयाँ रहेको ।
३. अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कमइनिङमा बीस हजार रन बनाई रेकर्ड कायम गर्ने क्रिकेटर को हुन् ?
भारतीय कप्तान विराट कोहली
– विश्वकप क्रिकेट–२०१९ मा वेस्ट इन्डिज विरुद्ध म्यानचेस्टरमा भएको खेलका दौरान माउनले यो रेकर्ड कायम गरेका । उनले ४१७ इनिङमा बीस हजार रन पूरा गरेका ।
– कोहलीले यो रेकर्ड बनाउने क्रममा भारतकै मास्टर ब्लास्टर सचिन तेन्दुल्कर र वेस्ट इन्डिजकापूर्व कप्तान ब्रायनलारालाई पछि पारेका । दुवैले २० हजार रन पूरा गर्दा समान ४५७ इनिङ खेलेका ।
४. संगीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?
गायकतथा संगीतकार जीवनशर्मा
– त्यसैगरी, संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार भैरहवाका प्रा.डा. गितु गिरी, ललितकलातर्फको वरिष्ठ मूर्तिकार गोविन्दनारायण ज्यापु (काठमाडौं) र भाषा तथा साहित्य विधातर्फको पुरस्कार डा. ओमवीर सिंह बस्न्यात (काठमाडौं) लाई प्रदान गरिएको ।
– राष्ट्रियप्रतिभा पुरस्कारको राशिजनही एक लाख रुपैयाँ रहेको ।
५. सरकारले आगामी एक दशकमा कति किलोमिटर रेलमार्ग निर्माण गर्ने योजनाअघि सारेको छ ?
२८ सय किलोमिटर
(राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक (२०७६ असार १३) मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेलको भावी योजना सम्बन्धी खाका प्रस्तुत गर्दै दस वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिइएको बताएका ।)
६. वि.सं. २०७६ असार १५ मा मनाइएको राष्ट्रियधान दिवसको नारा के हो ?
धान खेतीमा प्रविधि र यान्त्रीकरण ः चामल आयात मान्यूनीकरण
७. नेपाल संयुक्त राष्ट्रसंघीय लागू औषध आयोगको सदस्यमा कुन अवधिका लागिनियुक्त भएको हो ?
सन् २०२०–२०२३
(नेपालएसिया–प्रशान्त क्षेत्रबाट आयोगको सदस्यमा नियुक्त भएको । नेपालले कुल ५४ मध्ये ४४ मत प्राप्त गरेको ।)
८. नेपालमा वन्यजन्तु डीएनए परीक्षणको सुरुवात कहिले देखि गरिएको हो ?
वि.सं. २०७४ पौष ४
९. सरकारद्वारा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना कहिले गरियो ?
वि.सं. २०७६ असार १५–१६
– श्रम सम्बन्ध तथा रोजगारीका अवसर अभिवृद्धि गर्ने उद्देश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा रोजगार सम्मेलन–२०७६ आयोजना गरिएको ।
– श्रमशक्तिको वर्तमान अवस्था, रोजगारीका सम्भावना, भविष्यमा चाल्नुपर्ने कदम लगायतका विषयमा सूक्ष्म तवरले छलफल गरी सोबाट प्राप्त निष्कर्षका आधारमा नीति बनाई अघि बढ्ने जनाइएको ।
१०. औद्योगिक राष्ट्रहरुको समूहजी–२० को सम्मेलन सन् २०१९ मा कहाँआयोजना गरियो ?
जापान (सन् २०१९ जून २८–२९)
– जी–२० समूहमा विश्वका औद्योगिक राष्ट्रहरु र युरोपेली युनियन सदस्य रहेका ।
– विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको ।
– जी–२० समूहका सदस्य ः अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेकिसको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका र युरोपेली युनियन ।
११. २०७६ असारमा प्रदान गरिएको ‘अरनिको प्रज्ञा सम्मान’ बाट सम्मानित हुने कलाकार को हुन् ?
कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राई
१२. पाइलटको सहायता विना जहाजको उडान र अवतरण गरिने प्रविधिलाई के भनिन्छ?
स्याटेलाइट नेभिगेसन सिस्टम
१३. नेपालको संविधानअनुसार सर्वोच्च अदालतमा कति जनान्यायाधीश रहने प्रावधान रहेको छ ?
प्रधान न्यायाधीशका अतिरिक्त २० जना
१४. वि.सं. २०७६ असारमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल कवि को हुन् ?
हेम प्रभास
१५. सरकारले कुन दिनलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने निर्णय गरेको हो ?
असार १४
(सरकारले असार १४ (२०७६) देखि लागू हुने गरी वृक्षरोपण वर्ष घोषणा गर्दै यस दिनलाई वृक्षरोपण दिवसका रुपमामनाउने भएको ।)
१६. सरकारले वि.सं. २०७६ मा प्रदान गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
झापाका भीष्म उप्रेती
– त्यसैगरी, गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कारबाट काठमाडौंका प्रा.डा. केशवप्रसाद उपाध्याय सम्मानित भएका ।
– दुई वर्षअघि स्थापित यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको ।
१७. वि.सं. २०७६ मा प्रदान गरिएको भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्व को को हुन् ?
चितवनका रणेन्द्र बराइली (दलितमुक्तिआन्दोलनको क्षेत्रबाट), धनकुटाका भद्रमान घले (समाज सुधार अभियान) र धनुषाका रमेश रञ्जन झा (सीप, कला, शिक्षा, साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धान)
(सरकारले यो पुरस्कार २०७३/७४ देखि प्रदान गर्न थालेको ।)
१८. वि.सं. २०७६ मा प्रदान गरिएको महाकवि देवकोटा पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?
तेह्रथुमका विश्व विमोहन श्रेष्ठ (कविता विधा), लमजुङका डा. देवीप्रसाद सुवेदी (निबन्ध समालोचना विधा), बाँकेका नयनराजपाण्डे (आख्यान नाटक विधा), सुर्खेत काडा. जीवेन्द्रदेव गिरी (बालसाहित्य/लोकसाहित्यविधा) र काठमाडौंका रोचक घिमिरे (भाषा साहित्यविधा)
– नेपाल सरकारले आ.व. २०६८÷६९ देखि नेपाली भाषाका विभिन्न पाँच विधामा योगदान गरेका विशिष्ट स्रष्टालाई प्रत्येक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको ।
– यो पुरस्कारको राशिजनही एक लाख रुपैयाँ रहेको ।
१९. अर्थविद् डा. डिल्लीराजखनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोगको गठन कहिले गरिएको हो ?
वि.सं. २०७५ भाद्र ३
(आयोगले वि.सं. २०७६ असारमा संघीय मन्त्रालय अन्तर्गतका समिति, बोर्ड आयोग र परिषदजस्ता ३१ निकाय खारेज गर्न सिफारिस गरेको ।)
२०. नेपालमै पहिलो पटक डाटा सेन्टर समिट कहिले आयोजना गरियो ?
वि.सं. २०७६ असार
(काठमाडौंमा सम्पन्न समिटमा डाटा सेन्टरको महत्व, पछिल्ला टेक्नोलोजी, विजनेसमा यसको प्रयोग, सुरक्षा आदि विषयमा छलफल भएको ।)
२१. नेपालमा महालेखा परीक्षकको कार्यालयको स्थापना कहिले भएको हो ?
वि.सं. २०१६ असार १५
२२. नेपालमा पहिलोपल्ट स्मार्ट लाइटको प्रयोग गर्ने महानगरपालिका कुन हो ?
ललितपुर महानगरपालिका
२३. चितवन राष्ट्रियनिकुञ्जलाई प्लास्टिकमुक्त निकुञ्ज कहिले घोषणा गरिएको हो ?
वि.सं. २०७५ पौष १७
२४. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ?
रुकुमपूर्व
२५. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
वि.सं. २०७४ जेठ १७
२६. राष्ट्रिय परीक्षाबोर्ड सानोठिमीद्वारा वि.सं. २०७६ असार १२ मा सार्वजनिक एसईईको नियमिततर्फको नतिजाअनुसार जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थी कति रहेका छन् ?
१६८८२
(यस वर्ष साधारण र प्राविधिकतर्फ ४ लाख७५ हजार ३ परीक्षार्थीले परीक्षामा आवेदन दिएपनि परीक्षामा ४ लाख ५९ हजार २७५ परीक्षार्थी परीक्षामा संलग्नभएका ।)
२७. विश्वका विकसित मुलुकहरुको संस्था अन्तर्राष्ट्रिय सहयोग तथा विकास संगठन (ओइसीडी) र नेपाल धितोपत्रबोर्डको संयुक्त आयोजनामा वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
वि.सं. २०७६ असार १७ र १८, काठमाडौं
२८. रमणीय स्थल पौवा भञ्ज्याङ कहाँ पर्दछ ?
पाँचथर
– समुद्र सतहदेखि आठहजार २ सय फिट उचाइमा रहेको पौवा भञ्ज्याङ सदरमुकाम फिदिमदेखि २५ किलोमिटर दूरीमा अवस्थित छ ।
– पौवा भञ्ज्याङ नजिकै रहेका साधुटार, सिलौटी, सुकेपोखरी जस्ता रमणीय स्थानले पनि पौवा भञ्ज्याङको महत्वलाई बढाएकाछन् ।
– गर्मीबाट मुक्त हुने ठाउँ मात्र नभई हिउँदमा हिउँ खेल्न जाने ठाउँका लागि समेत यो प्रसिद्ध छ ।
– कंचनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमालको दृष्यवलोकनका साथै मेची लोकमार्ग हुँदै पाथिभरा देवीको दर्शन गर्न जाने दर्शनार्थीका लागि पनि पौवा भञ्ज्याङको सौन्दर्यले लोभ्याउने गरेको छ ।
२९. सरकारद्वारा गठित मानव संशाधन प्रक्षेपण कार्यदलको प्रतिवेदनअनुसार नेपाल मावि.सं. २१०० सम्ममा उच्च सीप तथा क्षमता भएको जनशक्ति कति पुग्ने प्रक्षेपण छ ?
३.८५ प्रतिशत
– कार्यदलले आप्mनो प्रतिवेदन वि.सं. २०७६ असार १६ मा प्रधानमन्त्री समक्ष पेश गरेको ।
– प्रतिवेदनअनसार अहिले उच्च तहको सीप (सीप तह ४) भएको जनशक्ति १.७६ प्रतिशत रहेको ।
– जनशक्तिको सीप तथा क्षमता तहका आधारमा पनि जनशक्तिको वर्गीकरण गरी प्रक्षेपण गरिएको । सीप तह तीनको जनशक्तिको सन्दर्भमा वर्ष २०७४/७५ मा ४.४४ प्रतिशतबाट वि.सं. २०९९/२१०० मा ११.४८ पुग्ने प्रक्षेपण रहेको । सीप तह दुईको जनशक्ति हिस्सा २९.७३ प्रतिशतबाट बढेर ५५.२८ प्रतिशत पुग्ने अनुमान । न्यून सीप क्षमता भएको जनशक्तिको ठूलो हिस्सा ६४.०७ प्रतिशतबाट घटेर २९.३९ प्रतिशत हुने अनुमान ।
३०. स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति कहिले सार्वजनिक गरेको हो ?
वि.सं. २०७६ असार १६
– नयाँ स्वास्थ्य नीतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्ने लक्ष्य लिएको ।
– नयाँनीतिअनुसार हरेक वडामा आधारभूत स्वास्थ्य सेवा तथा प्रत्येक स्थानीय तहमा प्राथमिक अस्पताल हुने ।
– नीतिले ‘स्वास्थ्य तथा सुखीजीवन लक्षित सजग र सचेत नागरिक’ सोचलाई प्राथमिकता दिएको ।
– आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्तारलाई प्राथमिकतामा राखिएको ।
विषयगत प्रश्नोत्तर
१. नेपालको संविधानमाउल्लेख गरिएकाविकास सम्वन्धीनीतिहरु के के छन् ? लेख्नुहोस् ।
नेपालको संविधानको धारा ५१ (च) मा विकास सम्बन्धी नीतिहरु छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
समावेशी आर्थिक विकासकालागि क्षेत्रीय विकासको योजना सञ्चालन गर्ने,
दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने,
पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिने,
सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथादिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,
विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,
वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्नेे,
वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने,
राष्ट्रिय आवश्यकताअनुसार सूचना प्रविधिको विकास र विस्तार गर्ने, र यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने,
राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने,
विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिने र आमजनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्नेे,
एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने, नागरिकका सबै प्रकारका सूचना र विवरणहरू एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,
जनसांख्यिक तथ्यांकलाई अद्यावधिक गर्ने, राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने ।
२. सामाजिक सञ्जाल भनेको के हो ? यसका फाइदा र वेफाइदावारे चर्चा गर्नुहोस् ।
कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत् आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचारहरु, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेबसाइट एवं इन्टरनेटको माध्यमबाट प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप हो । यस्ता च्यानलहरु प्रायःनिःशुल्क हुन्छन् । फेसबुक, युट्युब, भाइबर, ट्वीटर आदियसकाउदाहरणहुन् । यो खासगरी कम्प्युटर (ल्यापटपवा डेस्कटप) र मोबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणहरुमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । यसमा हाल प्रायःव्यक्तिले करिव २० प्रतिशत समय बिताउने गरेको पाइन्छ ।
सामाजिक सञ्जालका फाइदा
– छिटो छरितो सूचना आदानप्रदान गर्न सकिने,
– स्वदेश, विदेश सबैतर्फ घरमै बसेर प्रत्यक्ष सम्पर्क स्थापित गर्न सकिने,
– महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने,
– कुनै घटनावाखास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
– घरमै बसेर आफूलाई मनपर्ने मालसामान खरिद बिक्री गर्न सकिने,
– आप्mनो विचार, भावना राख्न, विस्तार गर्न सहजहुने,
– सारा विश्वलाई एउटागाँउमाल्याउन सहयोग पुग्ने,
– अध्ययन, अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने,
– व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने ।
सामाजिक सञ्जालका बेफाइदा
– अश्लील भिडियो तथाफोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,
– सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,
– अरुप्रति नकारात्मक टिकाटिप्पणी गर्ने, सेयर गर्ने,
– समाजलाई हानि नोक्सानी गर्ने विषयवस्तु बढी शेयर गर्ने,
– नचिनेको व्यक्तिलाई जिस्काउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने,
– सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने,
– गलत समाचार सम्प्रेषण गर्ने ।
३. सार्वजनिक निकायमा रहने खरिद महाशाखा, शाखा वाइकाईको कामहरु के के हुन् ?उल्लेख गर्नुहोस् ।
सार्वजनिक निकायले खरिद सम्बन्धी कार्यबोझ र कार्य प्रकृतिको आधारमा आवश्यकताअनुसार छुट्टै खरिद महाशाखा, शाखा वाइकाईको स्थापना गर्नु पर्ने र यस बमोजिमको खरिद महाशाखा, शाखा वाइकाईको स्थापना गर्दा त्यस्ता महाशाखा, शाखा वाइकाईको प्रमुखको जिम्मेवारी वहन गर्ने गरी खरिद अधिकारी तोक्नु पर्ने व्यवस्था सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ मा गरिएको छ । यसले गर्ने कामहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
खरिद गुरुयोजना र वार्षिक खरिद योजनातयार गरी अद्यावधिक राख्ने,
सार्वजनिक खरिद सम्वन्धी पूर्व योग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात र खरिद सम्झौता सम्बन्धी कागजात तयार गर्ने,
परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गर्ने,
खरिद सम्बन्धी सूचना सार्वजनिक रुपमा प्रकाशन गर्ने,
पूर्व योग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात वितरण गर्ने,
परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात पठाउने,
पूर्व योग्यताको प्रस्ताव, बोलपत्र तथा परामर्श सेवाको प्रस्ताव प्राप्त गर्ने र त्यसलाई सुरक्षित तरिकाले राख्ने,
पर्न आएका पूर्व योग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव मूल्याङ्कनको लागि मूल्याङ्कन समितिमा पेश गर्ने र मूल्याङ्कित बोलपत्र स्वीकृतिको लागि पेश गर्ने,
पूर्व योग्यताको प्रस्ताव, बोलपत्रवा परामर्श सेवाको प्रस्ताव स्वीकृतिको सूचना दिने,
कार्य सम्पादन जमानत लिने र त्यसको परीक्षण गरी सुरक्षित तरिकाले राख्ने,
खरिद गरेको मालसामान, निर्माणकार्य तथा सेवाको गुणस्तर परीक्षण गर्ने गराउने,
सार्वजनिक खरिद अनुगमन कार्यालयले माग गरेको जानकारी र कागजात उपलब्ध गराउने,
खरिद कारबाहीसँग सम्बन्धित काममा समन्वय गर्ने,
खरिद माग संकलन गरी स्वीकृतिको लागि अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्ने,
बोलपत्रवा प्रस्ताव खोल्ने समितिको संयोजक भई कार्य गर्ने,
खरिद कारबाहीको अभिलेख राख्ने,
म्यादथप, कार्य सम्पादन जमानत र प्रतितपत्रको अभिलेख राख्ने ।
४. नेपालको सार्वजनिक प्रशासनका विशेषताहरु लेख्नुहोस् ।
संविधान र कानूनद्धारा व्यवस्थित गरिएको,
राजनैतिक इच्छाशक्तिलाई व्यवहारमा उतार्दै आएको,
नीति तथा कानून निर्माणमा राजनैतिक नेतृत्वलाई सूचना प्रवाह गर्दै आएको,
सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिवद्ध रहेको,
जुनसुकै दलको सरकार गठन भएपनि आफ्नो कार्य गर्दै आएको,
राजनीतिप्रति तटस्थता देखाएको,
कानून कार्यान्वयन गर्ने संयन्त्रको रुपमा स्वीकार गरिएको,
स्थायी सरकारको रुपमा कार्य गर्दै आएको,
राजनीतिक शून्यतामा पनि देश र जनताको निरन्तर सेवा गर्दे आएको,
देशको सीमा सुरक्षा देखि शान्ति सुरक्षा, विकास निर्माण कार्य, आकस्मिक कार्य जस्तै ः आगालागी, भूकम्प, बाढी पहिरो जस्ता दैवीप्रकोपमा उद्दार, राहत तथा पुर्नस्थापना जस्ता कार्य गर्दै आएको,
स्वच्छ प्रतिस्पर्धाद्धारा लोक सेवाआयोगबाट छनौट भएका व्यक्तिहरु रहने गरेको,
५. कार्यालय विन्यास भनेको के हो ?यसको महत्ववारे लेख्नुहोस् ।
कार्यालयकालागि उचित स्थानको छनौट एवं उपयुक्त भवनको व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुने गरी कार्यालयको सजावट गर्ने कार्यलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालयको रूपांकन गर्ने कार्य हो ।
यस अन्र्तगत विभिन्न विभाग तथा कोठाहरूमा टेवल, कुर्सी, दराज, सजावटका सामानहरू, विभिन्न यन्त्रहरू आदि वैज्ञानिक ढंगले व्यवस्थित एवं आकर्षक गर्ने कार्यहरू पर्दछन् । यसले गर्दा कार्यालयले गर्ने कार्यहरुलाई मितव्ययी र प्रभावकारी रूपमा प्रवाह गर्न मद्दतपुग्दछ ।
कार्यालय विन्यासको महत्व
उपलब्ध स्थानतथा उपकरणको उचितप्रयोग,
कार्यालय खर्चमा मितव्ययिता,
कार्यालयको कार्यदक्षतामा अभिवृद्धि,
सहज सुपरीवेक्षण,
प्रभावकारी नियन्त्रण,
उपयुक्त सञ्चार व्यवस्थापन,
कर्मचारीहरूको मनोवलमा वृद्धि,
ग्राहकहरूमा सकारात्मक प्रभाव ।
६. व्यक्तिगतघटना दर्ता भनेको के हो ? यसका उद्देश्यहरु लेख्नुहोस् ।
नागरिकको जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटनाको अभिलेख गरी प्रमाणपत्र दिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । यो परिवारको लगत तयार गर्ने कार्य पनि हो । यसले जनसंख्याको यथार्थ अवस्थाको जानकारी दिनुका साथै आर्थिक एवं सामाजिक नीति निर्माणमा सहयोग गर्दछ । नेपालमा यसकालागि जन्म, मृत्यु तथाअन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ र नियमावली, २०३४ जारी गरिएको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थान तथा पञ्जीकरण विभाग यसमा क्रियाशिल छ । गाउँपालिका तथा नगरपालिकाको प्रत्येक वडामा स्थानीय पञ्जीकाधिकारी रहने व्यवस्था गरी घटना घटेको ३५ दिनभित्र तोकिएको फाराम भरी वडा कार्यालयमा सूचना दिनुपर्ने व्यवस्था छ । यस्ता सूचना दर्ता गरी निःशुल्क घटनादर्ताको प्रमाणपत्र दिइने व्यवस्था समेत छ ।
उद्देश्यहरु
– प्रत्येक नागरिकको व्यक्तिगत घटना अपडेट गर्नु,
– देशको यथार्थ जनसंख्यायकिन गर्न सहयोग गर्नु,
– लक्षितवर्गलाई लक्षित सेवा उपलब्ध गराउन सहयोग गर्नु,
– राज्यबाट प्रदान गरिने सेवा सुविधालाई चुस्त दुरुस्त बनाउन मद्दत गर्नु,
– सामाजिक एवं आर्थिक नीति निर्माणमा सहयोग गर्नु,
– बजेट निर्माणमा सूचना तथा तथ्यांक उपलब्ध गराउनु ।
७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई के कस्ता विवादको निरूपण गर्ने अधिकार छ ?उल्लेख गर्नुहोस् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७अनुसार न्यायिक समितिलाई देहायका विवादको निरूपण गर्ने अधिकार छ:
(क) आलीधुर, बाध पैनी, कुलो वापानीघाटको बाँडफाँड तथा उपयोग,
(ख) अर्काको बाली नोक्सानी गरेको,
(ग) चरन, घाँस, दाउरा,
(घ) ज्याला मजुरी नदिएको,
(ङ) घरपालुवा पशुपक्षी हराएको वा पाएको,
(च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको,
(छ) नाबालक छोरा छोरी वा पति–पत्नीलाई इज्जत आमदअनुसार
खान लाउन वा शिक्षादीक्षा नदिएको,
(ज) वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
(झ) अन्य व्यक्तिको घर, जग्गावा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
(ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,
(ट) सधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गान छोडी बनाएको,
(ठ) कसैको हकवा स्वामित्वमा भएपनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा र्पुयाएको,
(ड) सङ्घीय वा प्रदेश कानूनले स्थानीयतहबाट निरूपण हुने भनी तोकेका अन्यविवाद ।
प्रस्तुतकर्ता : टंक के.सी./हेमचन्द्र शर्मा
गोरखापत्र