ओलीले सिङ्गापुरमा चिनियाँ नेताहरुसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदैछन् । प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको सिंगापुर भ्रमण स्वास्थ्य परीक्षणमा मात्रै केन्द्रित नरहेर केही महत्वपूर्ण भेटवार्ता पनि हुने सूत्रहरुले दाबी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराईरहेका छन् । यसअघि उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानेछन।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

Aपछिल्लो समय नेपालमा चिनियाँ प्रभाव बढेको छ । प्रधानमन्त्री ओलीले चीनसँग राम्रो सम्बन्ध बनाएका छन् । प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फर्कनेछन् ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार