सबैलाई लोभ्याउने नेकपाको स्कुल विभाग कसले पाउँदै छ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । तर, सिंगापुर उड्नुअघि आफूनिकट नेताहरुसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका छन् ।

आजको छलफलको मुख्य उद्देश्य भनेको नै पार्टीको स्कुल विभागको नेतृत्वमा धेरै नेताको हानाथाप भएकोले अब उक्त पद आफैं राख्ने र सोहीअनुसार तयारी थाल्नको लागि निर्देशन दिनु थियो । पछिल्लो समय नेकपामा स्कुल विभागको नेतृत्वको विषय एकपछि अर्कोगरि पेचिलो बनिरहेको छ । पार्टीभित्र एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्दा स्कुल विभागको नेतृत्वमा अघि सारिएका नाममा सर्वसम्मती हुन नसकेको हो । अहिले आवरणमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ प्रतिष्पर्धामा देखिएपनि भित्री रुपमा यो लडाई अध्यक्षद्धय ओली र प्रचण्डबीचको हो भनेर लखसमेत काटिएको छ ।

त्यही भएर होला, ओलीले स्कुल विभागमा धेरै विवाद हुने र जति बैठक बस्दापनि विषय नसल्झिने भएकोले आफैंले नेतृत्व लिने तयारी थालेका छन् । स्कुल विभागमा नेताहरु श्रेष्ठ र पोखरेलबीच भागबन्डा नमिलिरहेकै अवस्थामा अन्य नेताहरु वेदुराम भुषाल र घनश्याम भुसालले पनि नेतृत्वको दावी गर्दै आएका छन् ।

कतिसम्म भने प्राईम टाईम्स टेलिभिजनबाट हालै प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा वेदुरामले उक्त विभागमा आफ्नो पहिलो दाबी रहेको र उक्त विभागको नेतृत्व आफैंले पाउनुपर्ने जिकिर गरेका थिए । जसले नेकपाभित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ ।

नेकपाको स्कुल विभागमा ५ जना नेताहरुको नाम चर्चामा छ । श्रेष्ठ र पोखरेलमध्ये कसलाई स्कुल विभागको जिम्मेवारी दिने भन्नेमा विवाद देखिएपछि एकपछि अर्को गर्दै दाबेदारहरु देखा परे । तेस्रो दाबेदारको रुपमा घनश्याम भुसाल देखा परे । भुसाल बैचारिक बहसमा अब्बल नेता भएकाले उनको नाममा कायकर्ताले भने समर्थन जनाएको पनि पाइयो ।

माक्र्सवादसम्बन्धी पुस्तकसमेत लेखेका भुसाल विगतमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ कि झलनाथ खनाल, सीपी मैनालीले भन्ने गरेको ‘नौलो जनवाद’ भन्ने वैचारिक विवाद हुँदा नौलो जनवादको पक्षमा थिए ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको बताइएको थियो । तर उनले पनि स्कुल विभागमा पनि इच्छा देखाएका छन् । पार्टीको सिद्धान्तलाई कार्यकर्तासम्म लैजान सकिने र त्यसले आगामी महाधिवेशनमा आफू शक्तिशाली बन्ने आकांक्षाका कारण पनि स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादी दुबै खेमाले आँखा गाडेका हुन् ।

त्यसो त गत आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार बसेको पुर्वमाओवादीका नेताहरुविचको पनि स्कुल विभाग छोड्न नहुने ठहर गरेका थिए । पुर्व माओवादी नेताहरुले पनि धेरै विवाद नगरी नेताहरुको योग्यता र वरिष्ठताको आधारमा नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

त्यसो त पुर्वमाओवादी खेमाले अघि सारेका नेता नारायणकजी श्रेष्ठ हाल संसदमा पनि नरहेको र पार्टीमा पनि कुनै महत्वपुर्ण जिम्मेवारीमा पनि नरहेकोले श्रेष्ठलाई नै स्कुल विभाग दिनुपर्नेमा पुर्वमाओवदी पक्षको अडान छ । यता पूर्व एमालेमा भने एकमत छैन । खनाल, पोखरेल र भुसालद्धय गरी चारै जना पूर्व एमाले भएकाले सकस देखिएको छ ।

यसअघि नेकपाको ३२ विभिन्न विभागमध्ये १८ पुर्वएमालेले लिने र बांकी १४ पुर्वमाओवादीले नेतृत्व लिने सहमती भएको थियो । विहिबार पार्टीको सचिवालय बैठक बसेर यि विषय टुङ्गो लगाउने भनिएपनि विहिबार पनि सचिवालय बैठक बस्न सकेन । अर्को्तिर श्रेष्ठ र पोख।ेलले आ–आफ्नो अडानबाट पछि नहटेपछि तेस्रो विकल्पका रुपमा बरिष्ठ नेता झलनाथ खनालको नाम अघि सारेका छन ।

यसरी दिनै पिच्छे स्कुल विभागमा थप अन्य नेताहरुले समेत दावी गर्न थालेपछि नेकपाभित्र स्कुल विभागको नेतृत्वको विषय थप अन्यौल र गंम्भिर मात्रै देखिएको छैन । नेताहरुविच यसले गुटगत राजनिति मौलाउने समेत प्रष्ट छ ।

सबैलाई लोभ्याउने स्कुल विभाग १

नेकपाको नियमावली २०७५ मा स्कुल विभागबारे पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटीसमक्ष प्रस्तुत गर्ने उल्लेख छ । स्कुल विभागलाई पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्नुका साथै स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने जिम्मेवारी पनि यही विभागलाई छ । यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ । रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार