एनआइसी एसिया सल्लेरीमा

एनआइसी एसिया बैङ्कको सल्लेरी शाखा

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एनआइसी एसिया बैङ्कको शाखा विस्तार गरिएको छ । एनआइसीले आफ्नो २९५ औँ शाखाका रुपमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीको मध्य बजारमा कारोबार सुरु गरेको हो ।

बैङ्कले सबै किसिमका कारोबार सुरु गरेको एनआइसी एसिया बैङ्क सल्लेरी शाखाका प्रबन्धक बुद्ध लामाले जानकारी दिनुभयो । नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न दुर्गममा बैङ्कको शाखा विस्तार गरिएको उहाँले बताउनुभयो ।

बैङ्कले निक्षेप सङ्कलन, कृषि, व्यापार, घर लगायत विभिन्न किसिमका कर्जा, स्वदेस तथा विदेसमा सबै किसिमका रेमिट्यान्सको कारोकार लगायत राजधानीमा दिने सबै सेवा यहाँ उपलब्ध हुने प्रबन्धक लामाको भनाइ छ ।

उहाँकाअनुसार बैङ्कसँगै एटिएम तयार भइसकेकाले केही दिनभित्र उक्त सेवा पनि सञ्चालन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार