राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलवमा अत्याधिक बृद्धि, अब कसको तलव कति ?

काठमाडौं । सरकारले राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित उच्च पदस्थको तलव भारी बृद्धि गरिएको छ । राष्टसेवक कर्मचारीको तलव बजेटबाट बढाइएको थियो । तर उच्च पदस्थहरुको तलव सरकारको निर्णयबाट बढाइएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।

कतिपय उच्चपदस्थ पदाधिकारीहरुको तलव नियमावली संशोधन गरेर बढाइएको छ भने कतिपयको सरकारी निर्णयबाट बढाइएको छ ।
राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्टियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरुको तलवमा १८ प्रतिशतले बृद्धि गरिएको छ ।

उच्च पदस्थको तलवमा १८ प्रतिशत बृद्धि गर्दा एउटै बर्ष राज्यकोषमा १० करोडभन्दा बढी ब्यभार थपिने भएको छ । १७ प्रतिशत तलव बढाउँदा राष्ट्रपतिको तलव १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलव ७९ हजार हुने भएको छ ।

राष्ट्राध्यक्षको तलबमा मासिक २७ हजार ८१ रुपैयाँ वृद्धि भएको छ । राष्ट्रपतिको तलब मासिक १ लाख ५० हजार ४ सय ५० बाट बढेर १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । उपराष्ट्रपतिको तलबमा मासिक १९ हजार ८५ रुपैयाँ वृद्धि भएको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख २५ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।

मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्रीको तलब मासिक १३ हजार ९ सय १० रुपैयाँले बढेको छ । प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० बाट बढेर ९१ हजार १ सय ९० रुपैयाँ पुगेको छ । मुलुकमा माथिल्लो चौथो मर्यादाक्रममा रहने प्रधानन्यायाधीशको तलब मासिक १३ हजार २ सय ६२ रुपैयाँ बढेको छ । प्रधानन्यायाधीशको तलब ७३ हजार ६ सय ८० बाट ८६ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।deshkonews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार