सभामुखले प्रधानमन्त्रीलाई बर्खास्त गर्ने खुलासा (भिडियोसहित)

काठमाडौं, २० साउन । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गर्ने सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले संसद अवरोध गरेर तपाईहरुले किन बेमौसमको बाजा बजाईरहनुभएको छ ? भन्नुहोस त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने, सर्वप्रथम संसद भनेको जनउत्तरदायी हुनुपर्छ । संसदीय व्यवस्थामा संसद भनेको त लोकतन्त्रको ठूलो मन्दिर हो ।

सरकारले संविधान र कानूनअनुसार काम गरेन भने जनता प्रतिनिधिहरुले त्यसको विरुद्धमा आवाज उठाउने हो । सांसहरुले उठाएका आवाजको कुनै सुनुवाई भएन भने संसदभित्र एक प्रकारको संघर्ष सुरु हुन्छ ।”

सरकारले संसदको गरिमालाई व्यवस्थापन गर्न नसकेको पनि उनको आरोप छ । आफूहरुले जनताका आवाज बुलन्द बनाएको पनि उनले जिकिर गरे । यादवले संघीय व्यवस्थाबाट पछि हटिए नेपालको अस्तित्व नै समाप्त हुने पनि चेतावनी दिएका छन् । मुलुकको विकास र समृद्धिको लागि यो व्यवस्था नै सबैभन्दा उत्तम रहेको उनले स्पष्ट पारे । रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार