राजेन्द्र महतोले सभामुख कृष्णबहादुरलाई महाडकैत भनेपछि संंसदम हंगामा……(भिडियो हेर्नुस)

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सभामुख कृष्णबहादुर महराको सम्बन्धमा अनुचित शब्द प्रयोग गरेपछि उक्त शब्द ‘रेकर्ड’बाट हटाउन सभामुख महराले ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्नेक्रममा महतोले आफ्नो नागरिकता खारेज गरेको भन्ने प्रचार गराएको भन्दै ‘सभामुख कृष्णबहादुर महरा महाडकैत हुन् भन्यो भने के हुन्छ ?’ भनेका थिए ।

उनले खारेज गरिएका नागरिकताको जानकारी दिँदा सरकारका प्रवक्ताले प्रस्ट पहिचान नखुलाइ राजेन्द्र महतोको नागरिकता खारेज गरेको भनी भ्रम उत्पन्न गरेको आरोप लगाए ।

सांसद महतोले सभामुखको उदाहरण दिएर प्रयोग गरेको शब्दप्रति नेकपाका सांसद कृष्णभक्त पोखरेल र खगराज अधिकारीले आपत्ति जनाएपछि सभामुख महराले संसदको रेकर्डबाट शब्द हटाउन रुलिङ गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार