लोक सेवाविरुद्ध आन्दोलन जारी

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ । सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो । 

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।  गोरखापत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार