बालुवाटारमा आगलागी

काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । आगलागीपछि निभाउन दमकल प्रयोग भइरहेको छ । आगलागीपछि धुँवाको मुश्लो देखिएको छ ।

काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा भीषण आगलागी भएको छ ।

विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार