घर देश र परदेशका पल र प्रहार

शान्ति बस्नेत

एक गाँस मीठो एक सरो नयाँ लगाएको दिन मात्रै कहाँ हो र हजुर हरेक पटक फेर्ने स्वासमा घर देशी र परदेशीको मन मम्तिष्कमा नआएको पल नै छैन् । हरेक सपनाहरु व्यूँझाउनकै लागि आज दिन रात न भोक न निन्द्राको वास्ता नै नगरी अनिन्द्रामा दिनहरु बिताई रहेका छन् । हरेक पलपल आफ्नो अमूल्य जीवनलाई आफ्नो मातृभूमीलाई सम्झदैँ बिताईरहेका दिन हामी सबैलाई अवगत नै रहेको छ । यहाँ पलपल मरेर बाँच्नु परेको हरघडी छ । रहेक पल आगोको राप भन्दा बढी घर देशी र परदेशीको यादमा भतभत मन पोलीरहेको नै हुन्छ । हरेक खुसीमा होस या दुःखमा याद त चार्डवार्ड एकअर्काको नै धेरै आउने गर्दछ । हरेक जीवनका साथै अन्गिन्ती घुम्तिहरुमा आईपर्ने तीता मीठा यादहरुरुलाई संगालेर एकअर्का बीच भविष्यका मीठा सपनाहरुलाई कल्पनामा साचेर अहिले प्रत्येकको जीवनमा प्रतिक्षामा जीवन चलि रहेकाछन् ।
घर छोड्दा होस या घरमा बस्नेलाई होस वास्तवमा जीवनमा धेरै नै हण्डरहरु आईनै रहन्छन् । त्यसै गरी अहिलेको जल्दो बल्दो समस्या या समय हो वैदेशिक रोजगार हो यहाँ हाम्रो देश छोडी दिनानुदिन देश छोड्नेको लर्को सयौंको संख्यामा बाहिरी नै रहेकाछन् । आफ्नो देशमा काम गर्नलाई अवसर नभएको कारण नै आफ्नो जन्मभूमिलाई छोड्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हामी सबैलाई अवगत भएको छ । आफ्नो दैनिकी धान्नकै निम्ति हम्मेहम्मे परेको कारण देशलाई छोड्नु परेको छ । नत्र आफ्नो घरपरिवार र देशमा नै सँगै बस्न कसलाई पो रहन हुनुन्न र ? आफ्नो देशमा न कामको नै अवसर छ न त काम गर्नेलाई सम्मान नै छ काममा ठूलो सानो भनी विभेदपूर्ण क्रियाकलापहरु प्रशस्तै पाईन्छ ।
पहुँचवालाहरुको जताततै कामका स्थान हुन्छन् नत्र अरुको त परबाट अर्थात विभिन्न सडकतिर आकाशे पुलतिर बस्यो रमिते बन्न बाहेक केही नि काम नै छैन । हो यस्तै सरकार र सरोकारवालाहरुको विकृतिपूर्ण क्रियाकलापले गर्दा आफ्नो देशमा नै रमाउनको साटो अर्कैको भूमिमा पसिना बगाउनु परेको तीतो सत्य हो । वैदेशिक रोजगारीको कारणले फाइदा र वेफाइदा दुवै छर्लङ्ग भएको छ । कतिपयको घर व्यवहार नै भताभुङ्ग भएको छ । किन कतिको लाश आउने गरेको छ, कि कतिको श्रीमानको कारण कतिको श्रीमतिको कारण यस्ता विभिन्न सामाजिक समस्याहरुमा मुछिदै गएको छ । आफ्नो भविषयको चिन्ता नभै सिङ्गो वंैश र पैसाको ईसारामा जीवनलाई चलाउदा विकृतिहरु मौलाउँदै गएको छ ।
एउटा सक्षम परिवारको भूमिका निभाउनुको साटो चरित्रहिन क्रियाकलापहरुमा दैनिक समय बिताउने गर्नाले सामाजिक समस्या बन्दै गएको छ । यहाँ दुःख गरेर कमाएको मोटो रकमलाई व्यवस्थित गर्न नसकेर आफ्नो वैशलाई समालेर राख्न नसकेर कतिपय पुरुष र महिलाहरुले आपतिजनक हर्कद देखाउने कारण यहाँ जो आफ्नो भविष्यका लागि परदेश र घरदेशमा निरन्तर कार्य गरी रहेका मानिसहरुलाई पनि अन्यन्तै प्रभाव परी रहेको छ । नेपालीमा उख्खान छ “एउटा बिराउने साखा पिराउने“ हो यो भनाई अहिले घरदेश र परदेशमा रहेका सयौं मानिसहरुमा परिरहेको छ । किनकि यहाँ आफू सही मार्ग तिर हिडिरहेको छ भने पनि मानिसहरुले अनेक किसिमका लान्छना लगाउने जस्ता शब्दहरु विभिन्न भिडहरुमा सुनिनै रहिएको हुन्छ किन कि आफूलाई सत्य थाहा छ तर सबैलाई बुझाई हिड्ने समय हुन्न । अनि अनेक शब्दहरुको प्रहार अहिले जस्तो कि बसतिर यात्रा गर्दा होस् या कुनै पनि मेलापात गर्दा होस् त्यहाँ विभिन्न प्रशङ्गहरुको भिडमा पनि आवाज आईरहेका हुन्छन् । फलानी र फलानोको श्रीमति र श्रीमान…., यस्ता अनेकौं प्रशङ्गहरु आउने गर्छन् । तर विदेश जाने जो कोहीका श्रीमान् श्रीमतिहरु सबै नकरात्मक गतिविधिमा लागेका छैनन् नि । त्यो भिडले त के बोलिरहेको हुन्छ भने, विदेश जानेको श्रीमान र श्रीमति सबै राम्रो हुदैनन् । यस्तै विभिन्न लान्छनिक अर्थात अपचिलो बोलिले मनहरु कुडिने गरेको पाईएको छ । किन कि सबै विदेश जानेका श्रीमान र श्रीमती नराम्रो हुदैनन् । किन कि सबैका आआफ्नै सपना हुनछन् सपना पुरा गर्नलाई नै एकअर्कासंग बाध्यताले छुटिएर बसेका हुन्छन् तर मानिसका सोच्ने शक्तिको कमीले कति कामहरुका शिलसिलामा विभिन्न किसिमका मानिसहरुसँग प्रत्यक्ष भेटघाट हुने गर्छन् किन कि हरेक मानिसहरुंग अदभूत क्षमता हुने गर्दछ ।
कति मानिसहरुको कामसंगको कुनै व्यक्तिहरुसंग सम्वन्ध हुन्छ तर त्यसरी भेटघाट गर्दा पनि यो समाजमा बस्ने दानव जातिका मानिसहरुको हेर्ने नजर फरक रहेको छ । हो यस्ता बाध्यात्मक परिस्थितिले गर्दा क्षमतावान नारीहरु खुम्चिएर बस्नु परेको छ । कति मानिसको त हेर्ने दृष्टि फरक नै रहेको छ एक्लि छे जे भन्दा नि भै गयो नि भन्ने सोच पनि आउने गर्दन । हो नारीलाई एक्लि सोच्नु गलत हो किन कि उ संग आफ्नो घरलाई सुन्दर बनाउने शक्ति रहेको छ । हो यस्तै हरेक नेपालीहरुको समस्याको रुपमा दैनीक जीवन रुमल्लिरहेको छ । आफ्नो देशमा नै रोजगारीको सिर्जना गरि देशको विकराल समस्यालई सरकार र सरोकारवालाले समयमा नै ध्यान दिन जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार