सगरमाथाको फेदीबाट टान महासचिबमा कार्कीको उमेद्वारी घोषणा

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन मिति नजिकिँदै जाँदा एकपछि अर्को उमेद्वारी घोषणा गर्ने क्रम बढेको छ । भदौ २० गते हुने निर्वाचनमा टान महासचिबका लागि सगरमाथाको फेदीबाट हिमालयन जोय एड्भेन्चरका सञ्चालक चोलेन्द्रबहादुर कार्कीले उमेद्वारी घोषणा गर्नुभएको छ ।

सोलुखुम्बुबाट वि.सं. २०६० सालमा पर्यटन मजदुरका रुपमा काठमाण्डौँ छिर्नु भएका ३१ बर्षिय युवा पर्यटन व्यवसायी कार्कीले सन् २०१० मा आफ्नै कम्पनी स्थापना गरी नेपालको पर्वतीय पर्यटनमा योगदान दिइरहनुभएको छ । नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी सङ्घको उपाध्यक्ष कार्की यसपटक आफु महासचिबमा निर्वाचित भएरै छाड्ने दाबी गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, ट्रेकिङको क्षेत्रमा लामो समय व्यतित गरेको छु, पर्यटन मजदुरबाटै ट्रेकिङ व्यवसायमा स्थापित भएँ, यसअर्थमा मजदुर र व्यावासयी दुबैका पिरमर्कालाई एकआपसमा समाधानको लागि मेरो पहल हुनेछ । विगतका केही बर्षयता टानको कार्यशैली व्यवसायी र मजदुरको हित हुने खालको नदेखिएको, टिम्स रकम भित्र्याउन नसक्नु, एनटिभिएको मनोमानी रोक्न नसक्दा टानलाई मजदुर संस्थाको रुपमा हेर्ने उसको दृष्टिकोण सकरात्मक नभएका कारण आफ्नो उमेदवारी हुने उहाँले बताउनुभयो ।

हालका समस्या समाधानका लागि टान र एनटिभिएबिच आपसी समझदारी गरेर अघि बढ्नु आवश्यक रहेको भन्दै कार्कीले शुभचिन्तकहरुको चाहनाअनुसार आफू अघि बढ्न लागेको उहाँको भनाइ छ । हारजीतको भन्दा पनि लोकतान्त्रिक पद्धतिको कुरा हो, म जित्ने गरी नै उठेको हुँ, व्यावसायिक साथीहरुको सहयोगले जीत निश्चित छ, उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विगतका नेतृत्वहरुको विषयमा सबै व्यवसायी साथीहरुले मूल्याङ्कन गरेको भन्दै समग्र कार्यसमितिको क्षमताले नै कुनै पनि संस्थाको गति निर्धारण गर्ने उहाँले बताउनुभयो । व्यावसायिक संगठनमा पार्टी र राजनीतिको प्रभाव गौण हुने बताउने कार्कीले व्यावसायिक मुद्दा स्थापित गर्ने नेतृत्व आजको ज्वलन्त आवश्यकता तथा व्यावसायीको चाहना पनि त्यसै अनुरुप रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार