स्वास्थ्य परिक्षण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमिति स्वास्थ्य जाँच गरी सिंगापुरबाट फर्किएका छन् । १० दिनपछि २७ साउनमा फर्किएका निकै प्रफुल्ल र उत्साही देखिन्थे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा ओलीले पत्रकार सम्मेलन गरेनन् । उनी १५ मिनेट आराम गरी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा फर्किए ।

विमानस्थल बसाईँमा पत्रकार ऋषि धमलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सोध्दा मुस्कुराउँदै भने तपाईं अनुमान लगाउन सक्नुहुन्छ म स्वस्थ्य छु । आफूलाई देख्दा नै स्वस्थ रहेको अनुमान लगाउन सकिने बताए ।

१८ साउनमा नियमित चेकजाँचका लागि ओली पत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिजालसहित सिंगापुर पुगेका थिएँ । स्वास्थ्य जाँचका लागि एक हप्ता लागेकाले उनी निर्धारित समयभन्दा केही दिन ढिलो आए ।

ओलीको मृगौला प्रत्यारोपण गरिएकाले उनको स्वास्थ्यबारे चर्चा परिचर्चा भइरहन्छ । भारतमा मृगौला प्रत्यारोपण गरेका उनी पछिल्लो समय चेकजाँचका लागि सिंगापुर जान थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार