यस्तो छ नक्कली नोटको बिगबिगी बजारमा

छिल्लो समय बजारमा नक्कली नोटको कारोबारमा गिरोह नै सक्रिय भएका छन् । जसको पछिल्लो उदाहरण कैलालीमा केही दिन अघि एक गिरोह समातिनुबाट पनि प्रष्ट हुन्छ ।

सक्कली र नक्कली नोट सहजै पहिचान हुने भए पनि आम मानिसमा त्यसको स्पष्ट ज्ञान नहुँदा नक्कली नोटको कारोबार बढ्दै गइरहेको हो । 

पछिल्लो एक महिनामा कैलालीबाट नक्कली नोटको छपाइ तथा वितरणमा संलग्न ७ जनाको गिरोह एकपछि अर्को गरी प्रहरी फन्दामा पर्‍यो । अनुसन्धानका क्रममा पाँच सय र एक हजारको नेपाली तथा पाँच सयको भारतीय रुपैयाँ नक्कली छापेर बजारमा पठाएको खुलेको छ ।

उक्त गिरोहले २३ लाख रुपैयाँभन्दा बढी नक्कली नोट छापेर बजारमा पठाइसकेको र त्यो नोट कहाँ र कस्तो अवस्थामा छ भन्नेबारे प्रहरी नै अनविज्ञ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

बढी भीडभाड हुने बैंक, सहकारी, अस्पताललगायतका क्षेत्रमा यसको कारोबार भएको बताइएको छ । बयानका क्रममा उनीहरुले २३ लाख रुपैयाँ बजारमा पठाएको बताए पनि प्रहरीले भने त्योभन्दा बढी रकम बजारमा गएको आशंका गरेको छ ।

कैलालीमात्र होइन, मुलुकभर यस्ता नोटको बिगबिगी बढेकाले सचेत रहन प्रहरीले सबैलाई आग्रह गरेको छ । झट्ट हेर्दा उस्तै लाग्ने भएकाले राम्रोसँग नोट पहिचान गर्न सकेमात्र नक्कलीको बिगबिगीबाट बच्न सकिन्छ ।

यस्ता अवैध क्रियाकलापमा संलग्नहरुलाई निरुत्साहित गर्न प्रहरी सक्रियता त बढाउनुपर्छ नै साथमा आम नागरिक पनि चनाखो बन्नैपर्छ । इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार