वागवानीमा स्याउ विक्री सुरु

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका कृषकहरुलाई कृषि क्षेत्रमा सहयोग तथा समन्वय गर्न सोलुखुम्बुको फाप्लुमा स्थाापना भएको वागवानी केन्द्रमा अगुवा स्याउ विक्रीका लागि खुला गरिएको छ । प्रति केजी एक सय रुपियाँमा स्याउ विक्री खुला गरिएको वागवानी केन्द्र फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न जातका स्याउ रहेको वागवानीमा अगौटे स्याउका रुपमा रहेको अन्नाभेरिट जातकोे स्याउ बोटमा रहँदा वागवानी घुम्न आउने आन्तरिक पर्यटकले आफूखुशी लैजान थालेपछि सबै टिपेर बेच्न लागिएको प्रमुख श्रेष्ठले बताउनुभयो । केन्द्रको राजस्व बढाउन यसले मद्दत गर्ने उहाँको भनाइ छ ।

यस वर्ष पनि स्याउको उत्पादनमा ह्रास आएपछि बगैँचामा पातलो मात्र फलेको केन्द्रले जनाएको छ । केन्द्रमा बिगत बर्षको तुलनामा स्याउका लागि मौसम अनुकूल नभएपछि उत्पादनमा पछिल्लो समय क्रमशः कमी आइरहेको छ, प्रमुख श्रेष्ठले भन्नुभयो । जेजति उत्पादित स्याउ विक्री गर्न लागिएको उहाँले बताउनुभयो ।

केही वर्षअघिसम्म बाक्लो फल लागेर बोटले थेग्न नसक्ने गरी फल्ने स्याउ अहिले पातलो फल्न थालेको बताइएको छ । वागवानी केन्द्रमा अन्नाभेरिट, रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र जापनीज जातका स्याउ लगाइएको छ ।

पछिल्ला वर्षहरुमा विश्वव्यापी तापक्रममा परिवर्तन आएको तथा माटोमा अम्लीयपना घट्दै गएकाले यस वर्षस्याउको उतपादन ह्वात्तै घटेको केन्द्रका प्राविधिकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार