संघीयताका ठेकेदार नै वाक्क दिक्क भइसके : चित्र बहादुर केसी

काठमाडौं । चित्रबहादुर केसी जुझारु कम्युनिष्ट नेता हुन् । पृथक शैली र कडा बोलीका कारण चर्चा आइरहन्छन् । पछिल्लो समय उनी संघीयता देशका लागि ठिक छैन भन्दै आएका छन् । पछिल्लो समय संघीयताका ठेकेदारहरु नै वाक्क दिक्क भइसकेकाले यसको खारेजी अवश्यम्भावी रहेको बताइरहेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले समसामयिक राजनीतिक विषयमा लिएको अन्तवार्तामा पनि उनी संघीयताविरुद्ध खरो रुपमा प्रस्तुत भए ।

देशमा स्थानीय सरकारले काम गरिराखेको छ ?
जति गर्नु पर्ने हो त्यत्ति गर्न सकेको छैन ।

संघीयताले विकास गर्न सक्यो भनिन्छ नि ?
संघीयताको कारणले होइन प्रविधि पुगेको छैन त्यसकारण जनताको काम जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन ।

जनताको काम के कारणले भएको छैन ?
जनताको काम गर्ने आँट, हिम्मत, प्रविधि र चरित्र हुनु पर्यो नि ।

तर नेताहरुले काम गर्नु पर्थ्यो नेताहरु सुविधाभोगी, विलासी जीवन विताइरहेका छन् भन्ने जनताको प्रश्न छ नि ?
त्यो त नेपाली जनताले देखेको र भोगेको कुरा हो नि । जनताको स्वार्थलाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिएर सुख सुविधाभोगी भए जनताको वास्ता गरेनन् । त्यो त सबैले महसुस गरेकै कुरा हो हामीले भनिरहनै पदैन नि ।

संघीयता कार्यान्वयन हुँदा तपाईले के पाउनु भयो ? यसको कारण आधार बताइदिनुहोस् ?
संघीयता त जनताको लागि वाक्क दिक्क भइहाल्यो । संघीयताले ठेकदारहरु पनि बैरागका कुरा गर्न थालेका छन् । देशमा संघीयता खारेज हुन्छ हुन्छ ।

तर ठेकदारहरुले त भनेका छन् संघीयताले गर्दा हामीलाई फाइदा भयो ठेकदारले काम पाएका छन् गाउँघरमा ?
गाउँघरमा काम पाउने भनेको संघीयताको कारणले होइन स्थानीय निकायमा अधिकार जानु प¥यो त्यो त नेपाली जनताको मौलिक अधिकार हो नि ।

त्यसो भए तपाई संघीयताको विराधी नेता हो, तर देशमा संघीयताको जरो त गाउँ गाउँमा पुग्यो नि ?
कहाँ विरोध गरेको हो र संघीयता नेपालमा हुनुहुन्न भनेको हो ।

हैन नेपालमा संघीयता कार्यान्वयन भईसक्यो चित्र बहादुर के सी जी ?
त्यसैले दुर्दशा देखायो । महँगीको मार जनतामा प¥यो । प्रदेश र केन्द्रकोबीचमा लफडा प्राकृतिक साधनको अंशबण्डा गर्दा महाभारत सुरु भयो । त्यसो हुँदा संघीयताले देखाउने रमिता देख्न भोग्न बाँकी छ धेरै नेपाली जनताले । त्यसकारण संघीयताविरुद्ध जनताले आवाज उठाउँछन् ।

तपाइले यसो भनिरहँदा देशमा रहेका नेपाल कांग्रेस पार्टी, राजपा,समाजवादी पार्टी जस्ता अन्य पार्टीले पनि प्रस्ट रुपमा भनेका छन् कि संघीयता नेपाली जनताको लागि बरदान हो, यसमा जोजो लाग्छन् तिनलाई बेफाइदा छ, संघीयता विरोधीहरु अब निमिट्यान हुन्छन् ?
राजपा त ठेकदार हो कांगे्रस र एमालेले त बोक्नुपर्ने भएर बोकेका हुन् ।

तर चित्र बहादुर केसीलाई वीरगञ्जमा गएर भाषण गर्ने चुनौती दिएका छन् नि उनीहरुले ?
वीरगञ्ज उनीहरुको पेवा होइन । मेचीदेखि महाकाली हिमाल देखि तराइसम्म गएर भाषण गर्न पाउने चित्र बहादुर केसीको पनि अधिकार छ नि ।

तर चित्र बहादुर केसीले प्रदेश २ मा गएर भाषण गर्न सक्नु हुन्न । संघीयता विरोधीलाई त्यहाँ कुनै स्थान छैन हामी निषेध गर्छौ भनिसके नि ?
तराईका जनताले संघीयताका ठेकेदारलाई चिनिसके ।

तर जनता त खुशी छन् नि ?
संघले मद्दत गरेन हामीले दु ःख पायौ भन्न थालेका छन् । सेवा सुविधाहरु आफू लिने तराईका बाढी पिडित जनतालाई व्यवस्थित रुपमा राहत वितरण गर्न नसक्ने अहिले जति आपत र दुःख पर्छ त्यो सबै केन्द्रले गर्दा हो भन्ने र सबै फाइदा र नाफा आफू खाने। घाटा परेपछि संघले गरेन भन्ने र संघलाई सराप गरेको देखेका छन् तराइका जनताले । त्यसो हुनाले हिमाल पहाड तराई कही पनि चित्रबहादुर केसीलाई ढोका खुल्ला छ । कसैले छेकेर छेक्न सक्दैन ।

तर चित्र बहादुर केसीको एजेण्डा भनेको आज राष्ट्रिय एजेण्डा बन्न सकेन ?
बनिसक्यो ।

चित्र बहादुर केसीलाई साथ दिने कोही छैनन्, एक्लै हुनुहुन्छ तपाई ?
त्यो जनतालाई भ्रममा पारेका हुन् तर त्यत्ति मात्र होइन चित्रबहादुर एक्लो वृहस्पती हो भन्छन् र चित्र बहादुरको संगठन छैन ? महिला संगठन, विद्यार्थी संगठन, युवा संगठन, परराज्य संगठन । पार्टीभित्र के हरिराखेका छन् ? पार्टीभित्र एक जनाले अरु विषयमा मतभेद होला संघीयता खारेज गर्ने कुरामा राष्ट्रिय जनमत भिजनका जति संगठन छन् ती सबै एक ढिक्का छन् । जनतालाई भ्रममा पार्नको लागि चित्रबहादुर एक्लो वृहस्पती भनेर बदनाम गर्ने दुष्साहस गरेका छन् त्यो व्यवहारले सत्य ठहर्दैन । चित्रबहादुरका पछाडि नेपालका लाखौलाख जनताले समर्थन गर्दै आइराखेका छन् ।

देशमा कम्युनिष्ट पार्टीको सरकार छ तपाईको पार्टीले पनि केपी शर्मालाई समर्थन गरेको छ अब आर्थिक क्रान्ति,समबृद्धि र विकास भस्ट्रचार साच्चैँ नेपाली जनताको चाहना अनुसार अगाडि बढ्न सक्छ ?
सकेन त आलोचना भइराखेको छ ।

त्यसो भए तपाईहरु पनि सरकारमा संलग्न हुने कि नहुने ?
सरकारमा संलग्न भएको भए तपाईले देखिहाल्नु हुन्थ्यो नि ।

समर्थन कायमै रहन्छ हैन तपाईहरुको ?
समर्थन त रहन्छ । अझै पनि गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधीमा आएर ढलीमली गर्छन । त्यसो भएको हुनाले मुलुक झन संकटमा पर्छ अरु केही नभए पनि यीनका जति कमीकमजोरी भए पनि गणन्त्र र धर्म निरपेक्षताकोे पक्षमा अरुभन्दा स्थान राम्रो छ त्यसकारण बाध्य भएर पनि हामी समर्थन गर्छौं । हामीले दिएको समर्थन हामी झिक्दैनौ र अरु पार्टीले झै राजनीति गर्दा कति नाफा नोक्सान हुन्छ भनेर हामी राजनीति गदैनौं ।

गणतन्त्र सस्थागत भइसक्यो अब गणतन्त्र संकटमा कहाँ छ र ?
कहाँ संस्थागत भयो ? गणतन्त्र माथि कालो बादल मडारिएको ऋषि धमलाले देख्दा देख्दै र जान्दा जान्दै यस्ता कुरा गर्ने बुझ पचाएर ?

हैन देशमा संविधान सभाबाट संविधान आइसकेपछि तीनै तहको निर्वाचन भईसकेपछि तीनै तहको सरकार बनिसकेपछि फेरी पनि गणतन्त्र माथि संकट छ ?
निर्वाचन भएर मात्र बलियो हुने भए त २०१५ सालमै कति ठूलो निर्वाचन भएको थियो कांग्रेसको दुई तिहाई सरकार थियो कसरी कोल्याप्स भएको थियो ? त्यसो हुँदा निर्वाचन हुने वित्तिकै गणतन्त्र सस्थागत भयो भन्नु झुटको खेती हो । कति चोटी भए निर्वाचन त नेपालमा । निर्वाचन मात्र ठूलो कुरा होइन देशको राष्ट्रियता, सार्वभौमता,अखण्तता माथि अहिले पनि गम्भिर संकट छ । त्यसो हुनाले यहाँका राजनीतिक पार्टीका कमिकमजोरीले पनि बाह्य शक्तिहरुले चलखेल गरेका छन् । त्यसकारण कम्तीमा गणतन्त्र, धर्म निरपेक्षताका पक्षमा जसले अहिलेसम्म अडान लिएको छ उसलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ।

हाम्रो देशमा गणतन्त्रको विकल्प छैन ?
गणतन्त्रको विकल्प छदै छैन नि ।

तर फेरी बहस सुरु भयो नेपालमा गणतन्त्र कि राजसस्था ?
गणतन्त्रको विकल्प राजसँस्था हुँदै होइन । त्यो हिजोका राजतन्त्रमा रमाएकाहरुले गर्ने कुरा हो किनभने अहिलेका राजनीतिक पार्टीहरुले, सत्ताधारीहरुले सत्ताको दुरुपयोग गरेर जनताको समस्या समाधान नगरेको हुनाले कही राजतन्त्रवादीहरुले फाइदा लिन सकिन्छ भनेर प्रयत्न गरिराखेका छन् । यो प्रयत्न सफल हुन नेपाली जनताले दिनु हुँदैन ।

त्यसो भए साना पार्टीहरु एकीकरणमा गएका हुन् चित्र बहादुर केसी जी ?
त्यो सम्भावना पनि हुनसक्छ । तर अहिले नै एकीकरण भइहाल्ने स्थिति देखिदैन । तैपनि समस्या र परिस्थितिले त्यो ठाउँमा पु¥याउन सक्छ ।

तर मोहन विक्रम सिहंले नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गरेको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने तर्क किन गर्नुभयो ?
उहाँले वैचारिक नेतृत्व गर्नुहुन्छ । उहाँको विश्लेषण ठीक ठाउँमा छ ।

तर नेपालमा कम्युनिष्ट पार्टी भनेकै केपी शर्मा र प्रचण्डले नेतृत्व गरेको पार्टी होइन र अरु कुनै पार्टी छ र ?
त्यो त भन्नेले के भन्छन् भन्ने होइन । मुख्य कुरा सैद्धान्तिक रुपले हेर्ने हो कसैको विरोधका लागि विरोध होइन कसरी विचलन हुदै गएको छ सत्ताको दुरुपयोग कसरी भएको छ भष्ट्रचार कसरी मौलाउँदै गएको छ जस्ता कुरा हेर्ने हो कसैले आफूलाई फलानो हुन भनेर मात्र हुन्न । पत्रकार भनेर मात्र हुन्न पत्रकारको पनि आचारसहिंता नियम हुन्छन् त्यो नियम पालना गर्छ कि गदैन भन्ने कुरा हो । त्यस अनुसार उसले चरित्र निती अपनाउँछ कि अपनाउदैन त्यसका आधारमा विश्लेषण गर्दै जाने हो ।रिपोर्टसनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार