चितवन । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र संचारकर्मी युवराज कंडेललाई प्रहरीले चितवन जिल्ला अदालत पुर्याएको छ ।
महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो । मल्लका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान आवश्यक देखिएपछि तीनै जनालाई पक्राउ गरिएको हो
पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए । पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए ।
प्रस्तोता लामिछानेले अनुसन्धानलाई सहयोग गर्ने बताउदै आउनुभएको छ । उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरिरहेका छन् ।